अपडेट 
२०७९ पुष १२, मंगलवार १५:३५

जनता समाजवादी पार्टी (जसपा)ले संसदीय दलको नेता चयन गर्न निर्वाचन तालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यतालिका अनुसार बुधबार विहान ११ बजेदेखि १२ बजेसम्‍म मनोनयन दर्ता हुनेछ ।

यस्तै १२ बजेदेखि दिउँसो १२:३० बजेसम्म उम्‍मेदवारको नामावली प्रकाशन, १२:३० बजेदेखि १:३० बजेसम्‍म नाम फिर्ता लिने, १:३० बजेदेखि दिउँसो २ बजेसम्‍म दावी विरोध गर्ने र दिउँसो २ बजेदेखि २:३० बजेसम्‍म उम्‍मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसपछि २:३० बजेदेखि ३:३०सम्‍म मतदान हुने र साढे ३ बजेपछि मतदानको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको जसपा संसदीय दलको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् । अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भए भने संघीय परिषद अध्यक्ष अशोक राई सांसद निर्वाचित भएका छन् । यद्यपि संसदीय दलको नेता को चयन हुन्छ टुंगो नभएको नेताहरुले बताएका छन् ।

Comment


Related News

Latest News

Trending News