अपडेट 
२०७९ पुष १२, मंगलवार १९:०१

धनुषा प्रहरीले आफ्नै काकीको विभत्स हत्या गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको विदेह नगरपालिका वडा नम्बर–७ बेलापट्टि बस्ने २० वर्षीय दिलिप साह रहेका छन् ।

आइतबार साँझ ५ बजे विदेह नगरपालिका–७ बस्ने श्रीराम साहकी ३० वर्षीया श्रीमती कविता देवी साहको आफ्नै सुत्ने कोठामा करेन्ट लागेर मृत्यु भएको भनिएको थियो भने उनका १४ महिनाका छोरा कार्तिक कुमार साह घाइते भई उपचारका लागि काव्या अस्पताल जनकपुरधाममा ल्याइएका थिए ।

मृतकका श्रीमान श्रीरामले सुरुमा करेन्ट लागेर कविताको मृत्यु भएको भनेपनि प्रहरीले घटना शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धानको क्रममा हत्या भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको अनुसन्धान टोलीले मृतक कविताको अनुहारमा गम्भिर चोट लागेर रक्ताम्य तथा अर्धनग्न अवस्थामा शव रहेकोमा विशेषज्ञ सहितको टोलि घटनास्थलमा ल्याई अनुसन्धान गर्दै जाँदा मृतकको जेठाजुका छोरा दिलिपलाई शंकास्पद अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका दिलिपको हाथको बुढि औंला तथा घाँटिको भागमा स–साना चिछोरीएको जस्तो दाग देख्नुका साथै उनको शरीर खान तलासि गर्दा अन्डर वेयरभित्र कविताले प्रयोग गर्ने मोवाइल फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।

साहले घटनाका बेला लगाएको जिन्स पाईन्ट र भेस्ट पनि रगत लागेको अवस्थामा उनको ब्याग भित्र फेला परेको उनले बताए ।

पक्राउ परेका साहलाई जिल्ला आदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News