अपडेट 
२०७९ पुष १३, बुधबार ०७:३८

जनता समाजवादी पार्टी (जसपा)को मधेश प्रदेशमा बिहीवार संसदीय दलका नेता चुन्न पार्टीका अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आउने भएका छन् ।

उनी जनकपुरधाम पुगेपछि संसदीय दलका नेता सर्वसम्मतले चुन्ने प्रयास गर्ने छन् तर, सर्वसम्मत नभए शुक्रवार निर्वाचन हुने भएको छ । केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र लगायतको छलफलमा मधेश प्रदेशको नेतृत्व जसपालाई दिने सहमति भएको छ । जसपामा संसदीय दलका नेता बनने मुख्यमन्त्री हुनेभपछि यहाँ संसदीय दलका नेतामा दाबी गर्नेहरुको संख्या बढी छ । हुनत यहाँ पनि त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । यहाँ जसपामा संसदीय दलका नेताका लागि सभामुख सरोजकुमार यादव, मुख्यमन्त्री लालबाबु राउत र रामअशिष यादव प्रतिस्पर्धामा छन् । तर, सभामुख यादवको सम्भावना बढी देखिएको छ ।

Comment


Related News