अपडेट 
२०७९ पुष १३, बुधबार ०७:४४

नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बिहीबार हुने भएको छ ।

सहमतिमा दलको नेता चयन नभएपछि निर्वाचन समितिले चुनावको मिति सार्वजनिक गरेको छ । निर्वाचन समितिको संयोजक तथा कांग्रेस मधेश प्रदेश समितिका उपसभापति चन्द्रशेखर यादवले निर्वाचनको मिति बिहीबार तोकिएको जानकारी दिए । समिति तथा पार्टीका शीर्ष नेताहरुले सहमतिमा दलको नेता चयन गर्ने प्रयास गरेका थिए । सहमति नभएपछि चुनावी प्रक्रियाबाट टुङ्गो लगाउने भएको छ । सरकार गठनको समीकरण फेरबदल भएपछि दलको नेता चयन गर्न केही ढिलाइ भएको छ । एक साता पहिले केन्द्रले तीन सदस्य निर्वाचन समिति गठन गरेको थियो । तर समितिले पाँच दिनपछि निर्वाचन मिति तोकेको छ । दलको नेतामा मुख्यत दुई जना आकांक्षी देखिएका छन् । राम सरोज यादव र कृष्णा यादव प्रमुख आकांक्षी छन् । कृष्णा नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मधेश प्रदेशका सभापतिमा निर्वाचित भएका थिए भने रामसरोज पराजित भएका थिए । अव पुनःदुबै जना संसदीय दलको नेताको लागि प्रतिस्पर्धामा उत्रेका छन् । कृष्णा यादव पार्टीको केन्द्रीय सभापति शेर बहादुर देउवा समूहका छन् । राम सरोज १४ औं महाधिवेशनमा नेता विमलेन्द्र निधि समूहमा थिए । तर पछिल्लो समय उनी पनि देउवा समूहमै गएको बताइएको छ ।

Comment


Related News