अपडेट 
२०७९ पुष १४, बिहीबार ०६:५५

चुरे तथा वन जंगल जोगाउन वातावरण विज्ञसंग सुझाव संकलन गरिएको छ । बुधबार चुरे उत्थानशील आयोजना अन्तर्गत प्रदेश आयोजना कार्यान्वयन इकाई मधेश प्रदेश बर्दिवास कार्यालयले सुझाव संकलन गरेको छ ।

मधेश प्रदेश उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विशाल घिमिरेले भएका प्राकृतिक स्रोत साधन, खोला, वन जंगल र पानी बचाउने उद्देश्यले सुझाव संकलन गरिएको बताए । चुरे उत्थानशील आयोजना कार्यक्रम अन्तर्गत गरिएको सुझाव संकलनको अधारमा चुरे जोगाउन काम गर्ने छन् । ‘जीवनयापन र कृषिलाई दिगो रुपमा विकास गर्न चुरे सरंक्षण गर्नुपर्छ,’उनले भने,‘दोहन नियनत्रण गर्ने, चुरे र खोलाको कम क्षति गरी त्यसबाट प्राप्त हुने फाइदा लिने अभिप्रायले हामी काम गरिरहेका छौं ।’ भु संरक्षण अधिकृत बेचन कुमार महतोले दुई वर्ष पहिले रहेको अवस्थामा फर्काउन काम काम गरिरहेको बताए । ‘चुरे मधेशको लाइफ लाइन हो । आम जनताको जीवन चुरेमै छ ।

चुरे रहेन भने मानव को अस्तित्व रहँदैन्,’उनले भने,‘हामीले विकासको बहानामा चुरेलाई दुःख दिइरह्यौं । चुरेको अवस्थामा निकै परिर्वतन आएको छ । कुनै बेला पनि भयावह रुप आउन सक्छ । यो अवस्थालाई पुर्नस्थापना गर्नु आवश्यक छ ।’ यी आयोजना देशको २६ वटा नदीमा काम गरिरहेका छन् । मधेश प्रदेशको आठ वटा नदीमा पनि उक्त योजना लागु रहेको उनले जानकारी दिए ।

Comment


Related News