अपडेट 
२०७९ पुष १४, बिहीबार ०७:०२

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासका कार्यालय प्रमुख गोपाल कुमार अधिकारीले सर्लाहीको पालिकाहरुमाथि चालु आ.व. मा मात्र १ सय ८३ वटा उजुरी परेको जनाएका छन् । जसमा ५५ वटा हालसम्म फर्छौट भइसकेको छ,भने १ सय २८ वटा उजुरीहरु अझ फर्छौट हुन बाँकी रहेको बर्दिवासका कार्यालय प्रमुख अधिकारीले बताएका छन् ।

सर्लाहीको पालिकाहरुमा सबैभन्दा बढी कविलासी नगरपालिकामा २४ वटा उजुरी परेकोमा ८ वटा फर्छौट भएको छ, भने १६ वटा उजुरी फर्छौट हुन बाँकी रहेको छ । त्यस्तै, लालबन्दी नगरपालिकामाथि २३ वटा उजुरी परेकोमा ८ वटा उजुरी फर्छौट भएको छ, भने १५ वटा उजुरी अझ फर्छौट हुन बाँकी रहेको छ । गाउँपालिकाहरुमा सबैभन्दा बढी कौडेना गाउपालिकामाथि १५ वटा उजुरी परेकोमा ३ वटा उजुरी फर्छौट भएको छ, भने अझ १२ वटा उजुरी फर्छौट हुन बाँकी रहेको छ । गाउँपालिकाहरुमा बढी उजुरी पर्ने दोस्रो गाउपालिका चक्रघट्टा रहेको छ, चक्रघटटामाथि १२ वटा उजुरी परेकोमा ५ वटा फर्छौट भएको छ, भने अझ ७ वटा उजुरीहरु फर्छौट हुन बाँकी रहेको कार्यालय प्रमुख गोपाल कुमार अधिकारीले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासद्वारा बुधबार सर्लाहीको मलंगवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन सम्बन्धी आयोजित जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा कार्यालय प्रमुख अधिकारीले उक्त जानकारी दिएका छन् । पालिकाहरुको तर्फबाट गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादव तथा कौडेना गा.पा.का अध्यक्ष रुपेश यादव बबलुले कर्मचारी तथा पालिकाकालाई समस्यामा पार्न पनि विपक्षीहरुले गलत मानसिकताको तहत काम गरेकोमा बाधा उत्पन्न गर्ने मानसिकताले पनि बढी बेनामी उजुरीहरु आउने गरेकोले त्यस्ता उजुरी दिने व्यतिmहरुसंग पहिचानसहितको विवरण लिएर मात्र कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरे ।

नागरिक समाजका अगुवा उग्रकान्त झाले भने सूचना पाउने आम नागरिकको अधिकारबाट सरकारी कार्यालयहरुले बंचित गर्न खोजेकोले सूचनाको हक सम्बन्धी अधिकार कार्यान्वयन हुनुपर्नेमा जोड दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आयुक्त अमात्यले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरुको रहेको हुँदा सबैले अ–आफ्नो स्थानबाट सक्दो प्रयास गर्दै सेवा प्रवाह गर्दा नैतिकता, सदाचार र निर्भीकताका साथ आम सेवाग्राहीहरुलाई प्रत्याभूत हुने गरी सुशासन कायम गर्न र प्रचलित ऐन, नियम, कानून, नियमावली तथा कार्यविधिहरुको पालना गर्न आग्रह गरे । पछिल्लो समयमा संघीयताको कार्यान्वयन सँगै स्थानीय तह सँग सम्बन्धित उजुरीको संख्या वृद्धि हुँदै गइरहेकोले भ्रष्टाचार नियन्त्रणको लागि कार्यालय प्रमुखहरु बढी जिम्मेवार हुनुपर्ने कुरा उनले जोड दिए ।

Comment

Related News

Latest News

Trending News