अपडेट 
२०७९ पुष १४, बिहीबार ०७:१५

पशु चौपायालाई चिसो र लामखुट्टेबाट जोगाउन बालिएको घुर सल्केर आगलागी हँुदा एक वृद्धको जलेर मृत्यु भएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिका–४ सिलहटका मुक्तिपाल राउतको गाईगोठमा आगलागी हुँदा उनको जलेर मृत्यु भएको छ । मंगलवार मध्यराति भएको आगलागीले ८० वर्षीय राउतको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई जोगाउन गएका २५ वर्षीय नाती धर्मदेव पाल पनि घाइते भएका छन् । आगलागीबाट उनको गाईगोठ जलेर पूर्णरुपमा जलेर नष्ट हुनुका साथै एउटा राँगा र एउटा भैसीसमेत जलेर मरेका छन् । सबै सुतिरहेका बेला राति १२ बजेर तिर आगलागी भएकाले मानवीय क्षतिसमेत हुनपुगेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए । चिसो र लामखुट्टेबाट पशु चौपायालाई जोगाउन गाईगोठमा घुर बालेर नजिकै खाटमा राउत सुतेका थिए ।

प्रहरी र स्थानीयको प्रयासमा २ घण्टा पश्चात आगोमाथि नियन्त्रण कायम भएको थियो । चिसो बढेसंगै ग्रामीण क्षेत्रमा गाइगोठमा घुर बाल्ने क्रम बढेको छ । तर आवश्यक सावधानी नअपनाउदा यस्ता दुखद घट्ना हुने गरेको भन्दै प्रहरीले आगो ताप्दा वा घुर बाल्दा आवश्यक सर्तकता अपनाउन सर्वसाधारण संग अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News