अपडेट 
२०७९ पुष १४, बिहीबार ०७:३४

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले विपद्मा मिलेर काम गर्न सरोकार वाला निकायलाई आग्रह गरेका छन् ।

बुधबार मन्त्राललये विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि आयोजना गरेको संयुक्त अन्तरक्रियामा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका छन् । विपद् कुनै एउटा सरकार वा संस्थाले गरेर न्यूनीकरण गर्न कठिनाइ हुने उनले बताए । त्यसकारण यस क्षेत्रमा काम गर्ने सबै संस्था र सुरक्षाकर्मीलाई मिलेर काम गर्न उनले सुझाब दिएका छन् । चिसोबाट बचाउन जनचेतनादेखि लिएर राहतको कार्यक्रममा सघाउन उनले आग्रह गरेका छन् । सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले विपद्का लागि प्राप्त जनशक्ति तयार राख्नुपर्ने सुझावसमेत दिए । सबै संघ संस्था र सरकारको एउटा कार्यदिशा भए काम गर्न सहज हुने उनको भनाइ छ ।

नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक मो.साउद आलम खाँले चिसोमा हुने मानवीय क्षति रोक्न सरकारको तयारी कमजोर देखिएको बताए । ‘हामी ठूलो लगानीको कुरा गरेर सानो लगानी गर्छौ,’उनले भने,‘जसले गर्दा मानवीय क्षति हामी अपेक्षा अनुसार रोक्न सक्दैनौं ।’ रासन बाड्ने बेला पनि सेवा कम र राजनीति बढी हुने गरेको उनले उल्लेख गरे । सम्भावित ठाउँका स्थानीय आम जनतालाई प्रशिक्षण दिएर तयार राख्नुपर्ने उनले बताए । विपद् को बेला सर्वसाधारणहरु पनि सजगता अपनाउनुपर्ने उनको विश्लेषण छ ।

Comment

Related News