अपडेट 
२०७९ पुष १४, बिहीबार ०७:३९

राजविराज २ की गृहिणी सल्मा खातुन (नाम परिर्वतन) को मोवाइलमा २५ लाख रुपैया जितेको सन्देश हिन्दी भाषामा आयो ।

अरुलाई पनि यसरी मोबाईलमा सन्देश आएर ठगी भएको उनले कतैबाट जानकारी पाएकी थिइनन् । त्यसैले प्रलोभनमा परिन । फोन गर्ने मानिसले अरुलाई पनि यस्तै चिठ्ठा परेको र उनीहरुले रकम बुझिसकेको भन्दै त्यस्ता रकम बुझिलिएका भनिएका केही व्यक्तिहरुको भिडियो नै तयार गरी उनको इमो र म्यासेन्जरमा पठाएपछि उनी झन विश्वासमा परिन । साँच्चै आफूलाई पनि परेको रहेछ भनेर खातुन सपना बुन्न थालिन । दोश्रो दिन ९८२०३७७३२२ नम्बरको मोवाईलबाट चिट्ठा राशि पाउन ५ हजार रकम पठाउनुपर्ने सूचना आयो । उनलाई विराटनगर स्थित ग्लोबल आइएमइ बैंकमा मिन कुमार राईको नाममा रहेको खाता नम्बर २२३०७०१००५५७४५ मा उक्त रकम जम्मा गर्न भनियो । २५ लाख रुपैया पाउने प्रलोभनमा परेकी उनी तत्कालै रकमको जोहो गरी उक्त खातामा पठाइ दिइन् । रकम जम्मा गरेको एक घण्टा भित्रै २५ लाख पठाइदिने सन्देश पठाउने र फोन गर्ने व्यक्ति भने त्यसपछि गायब भए । खातुनले भनिन् “ एक घण्टा भित्रै तपाईको खातामा २५ लाख रुपैया पठाइदिन्छु भन्ने सन्देश पठाउने र फोन गर्ने व्यक्ति पाँचदिन वितिसक्दा पनि रकम पठाएनन् र गायब भए ।

” बल्ल आफू ठगिएको उनले चाल पाएपछि बुधबार संचारकर्मीहरु सित नाम नछापिदिन आग्रहका साथ उक्त गुनासो पोखेकी छन । उनले चिठ ् ठा रकम पाउन बैंकमा रकम ् दाखिला गरेको भौचर पनि देखाउँदै भनिन–म त ठगिए अरुलाई यस्तो नपरोस । चिठठा परेको भन्दै सर्वसाधारणलाई ् ठगी गरेको यो पहिलो घटना होइन । विभिन्न ् कम्पनीको लक्की ड्र र मोबाईलको लक्की ड्र जस्ता विभिन्न बहानामा सर्वसाधारणलाई झुक्याएर यस अघि पनि ठगीका दर्जनौ घटना भएका छन । मोवाईल सन्देश पठाएर ठग्ने ् पछिल्लो समूहले राजविराजमा ५ दर्जन भन्दा बढी मानिसलाई यसरी नै ठगी गरिसकेका छन । ् तर अझै सचेत नहुँदा यस्तो ठगी धन्दाबाट पीडित हुनेको संख्या बढदै गएको ् छ । डिएसपी नरेश कुमार सिंहले यस्तो ठगीका उजुरीहरु आउने क्रम बढेको भन्दै सर्वसाधारण आपैm पनि सचेत हुनु जरुरी रहेको बताउँछन । ् “मलाई समेत विदेशी नम्बरबाट एक जना अपरिचितले तपाईलाई १० लाख रुपैयाको चिठ्ठा परेको भन्दै मोवाईलमा सन्देश पठाएर पुरस्कार राशि लिन १० प्रतिशतले हुन आउने रकम एक बैंक र खाताको नाम टिपाइ तत्काल जम्मा गर्न भनेका थिए । डिएसपी सिंहले भने तर म प्रलोभनमा फसिन । उनले आफूलाई विदेशबाट फोन गर्ने व्यक्तिलाई तत्कालै थर्काएर सचेत गराएको बताए । उनले यस्तो ठगी धन्दामा अन्तर्राष्ट्रियस्तर मै एउटा गिरोह सक्रिय भएको तथा विदेशी भूमिबाट यस्तो गतिविधि संचालन गर्ने गरेकाले पक्राउ गर्न नेपाल प्रहरीका लागि चुनौती बनेको बताए । तथापि नेपाली भूमिबाट गरिने यस्ता ठगी धन्दालाई रोक्न प्रहरीले पीडितलाई आवश्यक सहयोग गर्ने उनको भनाइ छ । उनले नेपाली भूमिमा नेपालीबाटै ठगिएका त्यस्ता पीडितहरुलाई प्रहरीसंग सम्पर्क गर्न अनुरोध गरेका छन् ।

Comment


Related News

Latest News

Trending News