२०७९ पुष १४, बिहीबार ०८:२४

भारतमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। भारतको आन्ध्र प्रदेशमा भागदौड हुँदा सात जनाको मृत्यु भएको हो।

भागदौडमा परेर अन्य केही घाइते भएका छन्। नेल्लोर जिल्लामा तेलुगु पार्टी (टीडीपी)को एक र्यालीमा भागदौड भएको हो।

भारतीय संचार माध्यमका अनुसार भागदौडमा परेर ज्यान गुमाएका सात जनाको परिवारलाई १० लख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा टीडीपीले गरेको छ। टीडीपीले घाइतेको उपचारमासमेत चासो देखाएको छ।

Comment


Related News