
मधेश प्रदेश सभामा सदस्यमा सर्लाही क्षेत्र नं. ३ (क) बाट स्वतन्त्र निर्वाचित जवाहरलाल कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार साँझ उनी प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजीनिवासमा माओवादी केन्द्र प्रवेश गरेका हुन् । उनलाई प्रचण्डले पार्टीमा स्वाग गरेका छन् ।

स्वतन्त्र कुशवाहा प्रवेश गरेपछि मधेश प्रदेशसभामा माओवादी केन्द्रका सांसदको संख्या पनि ९ पुगेको छ ।