अपडेट 
२०७९ पुष १४, बिहीबार १३:५४

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कमला नगरपालिका–८ हरिने बस्ने २८ वर्षीय रामचन्द्र ठाकुर रहेका छन् ।

बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका–६ हठीपुरमा मधेस प्रदेश–०२–००६ प १८१९ नम्बरको मोटरसाइकल विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

ठाकुर गिद्धादेखि यदुकोहातर्फ जाँदै गरेको बेला उनले चलाइरहेको मोटरसाइकल कलभर्टमा रहेको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ । उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

Comment


Related News

Latest News

Trending News