२०७९ पुष १५, शुक्रबार ०८:२१

मधेश प्रदेशसभाले अधिवेशन आह्वान गरेको छ ।

आगामी सोमबार बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको छ। यही पुस ९ गते बसेको मन्त्रिपरिषद् को बैठकले अधिवेशन बोलाउन निर्णय गरेको थियो । सोही निर्णय अनुसार सोमबार दिउँसो १ बजे बैठक राखिएको प्रदेशसभाका सचिव राजेन्द्र पराजुलीद्वारा जारी गरिएको विज्ञप्तिमार्फत जनाइएको छ । ‘प्रदेश प्रमुख ज्युबाट मन्त्रिपरिषद्को निर्णय अनुसार संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सोमबार प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गर्नुभएको छ,’विज्ञप्तिमा उल्लेख छ । सो बैठक बस्नु पूर्व दलको नेताहरुको बैठक बस्नेछन् । सोही बैठकले कार्य सूची तय गर्ने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News