अपडेट 
२०७९ पुष १५, शुक्रबार ०८:२३

तीन दिन देखी शितलहर चले संगै बढेको अत्याधिक चिसोले यहाँको जनजीवन कष्टकर भएको छ ।

बाक्लो हुस्सु र निरन्तर चलिरहेको चिसो हावाले स्थानीयको दैनिक जीवनयापन कष्टकर बनेको छ । अहिले यहाँको तापक्रम १० देखि १३ डिग्रीमा झरेको जनाइएको छ । यहाँ दिउँसो भन्दा विहान र बेलुका धैरै चिसो महसुस हुन्छ । विहानै देखि चल्ने शितलहर र हुस्सुका कारण घरबाट मानिस कमै निस्किदा सडकमा चहल पहल निकै घटेको छ भने अस्पताल तथा स्वास्थ्य चौकीहरुमा दम, झाडापाखा,रुघाखोकीका बिरामीको चाप बढेको स्वास्थ्यकर्मी बताउँछन् । चिसो बढेपछि बजारमा दाउरा बालेर आगो ताप्नेक्रम पनि बढेको छ । चिसोबाट विषेश गरी अतिविपन्न, मुसहर र दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवार सबै भन्दा बढी प्रभावित भइरहेका छन् । मजदुरहरु काममा जान पाएका छैनन भने घरमै बस्नु पर्दा हातमुख जोर्ने समस्या भइरहेको राजविराज नगरपालिका ९ मलेठ स्थित दलित बस्तीकी पवित्रा देवीले बताएकी छन् । यस्तै,फूलो देवी खंगले भनिन् ‘एकातीर शरीर ढाक्ने पर्याप्त न्यानो लुगा छैन भने अर्काेतीर अत्याधिक चिसोले काममा जान नपाउँदा हात मुख जोर्न समस्या भएको छ ।’ उनले गाउँघरबाटै संकलित गरेको दउराको भरमा जाडो झेलिरहेको बताइन् । अतिविपन्न मुसहर तथा डोम समुदायले जाडो छल्न अधिकाँश समय आगो तापेर बसिरहेका छन् ।

बाक्लो हुस्सुले भिजीविलिटी कम भएपछि पूर्वपश्चिम राजमार्गसहित बजार र ग्रामीण क्षेत्रको भित्री सडकमा चल्ने सवारी साधन विहान र दिउसै पनि बत्ती बालेर गुडिरहेका छन् । ट्राफिक प्रहरीले पनि यस्तो मौसममा सावधानी अपनाएर सवारी साधन गुडाउन अनुरोध गरिरहेको छ । चिसो कै कारण क्षति नहोस भन्ने उद्देश्यले क्षति न्यूनीकरण गर्न आवश्यक उपायका लागि जिल्लाका सबै स्थानीयतह संगको समन्वयमा आवश्यक तयारी अघि बढाइएको स्थानीय प्रशासनले जनाएको छ । य स ै ब ी च , िछ न् न म स् त ा गाउँपालिकाले बिहीवार आफनो पालिका क्षेत्र भित्रका विपन्न बस्तीका दलित, एकल महिला र जेष्ठ नागरिकलाई चिसो छल्न बल्याङ्केट वितरण गरेको छ । यता,जाडोबाट जोगिन न्यानो कपडा लगाउन, तातो झोलिलो खाने कुरा खान र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन डा.मुरली प्रसाद सिंहले सुझाव दिए ।

Comment


Related News

Latest News

Trending News