
नेपाल र ग्रामीण नारी उत्थान संघ हरिपुर सर्लाहीद्वारा संचालित समावेशी तथा दिगो ग्रामीण खानेपानी सेवा परियोजना अन्तर्गत जिल्ला स्तरीय परियोजनाको समीक्षा कार्यक्रम बिहीबार मलंगवामा सम्पन्न भएको छ।
ग्रामीण नारी उत्थान संघका अध्यक्ष गोमा देवी न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा परियोजना संयोजक मदन कुमार वर्माले कार्यक्रमको लागि विनियोजित बजेट प्रस्तुत गर्दै सन् २०१९ देखि सन् २०२२ सम्म संचालित परियोजनाको उपलब्धि,भावी कार्यक्रमको रणनीति तथा योजनाहरुको बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सहभागी भएका जिल्लाको पर्सा,रामनगर,कौडेना र चन्द्रनगर गाउँपालिका कर्मचारी तथा प्रतिनिधिहरुबाट सुझावहरु संकलन गरी उनीहरुकै सुझावको आधारमा पालिका स्तरको योजना निर्माणसमेत गरिएको थियो। कार्यक्रममा नेपालकी जिल्ला संयोजक अम्बिका यादवले परियोजना संचालनको क्रममा प्राथमिकता दिनुपर्ने पक्षहरुको बारेमा जानकारी गराएका थिए । उनले पालिका प्रमुखहरुलाई आ–आफ्नो पालिका स्तरमा जलवायु उत्थानशील खानेपानी आपूर्ति रणनीति कार्यान्वयन,खानेपानीको गुणस्तर परीक्षण सेवालाई निरन्तरता दिने,मानव श्रोत र बजेटको व्यवस्था गर्ने,खानेपानी सुविधा सुधारलाई निरन्तरता दिएर खानेपानी सुरक्षा योजना लागु गराउने,अपाङ्गता सहायता सेवा निरन्तर संचालन गर्न,अपाङ्गता संजालको क्षमता अभिवृद्धि गर्न,महिला उद्यमीहरु परिचालन गर्न र विद्यालय तथा स्वास्थ्य संस्था मार्फत स्वच्छता सम्बन्धी बानी व्यवहार प्रवद्र्धन गर्न रणनीति लागु गर्न सुझाव दिएका थिए।