अपडेट 
२०७९ पुष १५, शुक्रबार ०८:३४

धनुषा प्रहरीले तीन जना फरार अपराधिलाई पक्राउ गरेका छन् ।

जिल्ला अदालत धनुषाबाट दोषी ठहर भई फरार रहेका तीनै जनालाई विहीबार प्रहरीले पक्राउ गरेका छन् । जनकपुरधाम उप– महानगरपालिका ८ बजरंग चोकका ४२ वर्षीय राज कुमार राउतलाई पक्राउ गरेका छन् । उनी बिगो मुद्दामा अदालतबाट दोषी ठहर भएपछि फरार भएका थिए । अदालतले उनलाई एक वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो । यस्तै, कमला नगरपालिका २ का ६५ वर्षीय जिवछ यादव पनि पक्राउ गरिएको छ । कुटपिट मुद्दामा धनुषा अदालतबाट २ वर्ष कैद र एक् हजार जरिवाना तोकिएपछि उनी फरार भएका थिए । यादवलाई गाउँबाटै पक्राउ गरि पुनः अदालतमा बुझाइएको छ । यस्तै, नगराईन नगरपालिका ५ का ६० वर्षीय खुशीलाल यादवलाई पनि प्रहरीले पक्राउ गरेका छन् । कुटपिट मुद्दामै दोषी ठहर रहेका उनलाई घरबाटै पक्राउ गरेका छन् । अदालतले उनलाई २ वर्ष कैद तोकिएको थियो । तीनै जनालाई अदालतले फैसला अनुसार कैदको लागि कारागार पठाउने तयारी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News