२०७९ पुष १५, शुक्रबार १२:४२

नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम भएको छ। यसअघि, बिहीबार छापावाल सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको एक लाख ९ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि तेजावी सुनको मूल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य १३ सय ८० रुपैयाँ कायम थियो।

Comment

Related News