अपडेट 
२०७९ पुष १५, शुक्रबार १३:५४

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा राजदूत श्रीवास्तवले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

सो अवसरमा नेपाल–भारतबीचको सम्बन्धलाई अझै मजबुत बनाउनेबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका बधाई पत्र प्रचण्डलाई हस्तान्तरण गरेका थिए ।

बिहीबार अमेरिकी राजदूत डिन आर थम्पसनले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । राजदूत थम्पसनले दुवै देशबीच आगामी दिनमा मिलेर काम गर्ने जानकारी दिएका थिए ।

Comment


Related News