अपडेट 
२०७९ पुष १५, शुक्रबार १५:०७

नवनिर्वाचित मधेश प्रदेश सभा सदस्यहरुले शपथग्रहण गरेका छन ।

जनकपुरधामस्थित मधेस प्रदेश प्रदेश सभाको हलमा प्रदेश सांसदहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानले सपथ ग्रहण गराएका छन । जेष्ठ सदस्यको हैसियतमा न्यौपानलेलाई बिहिबार प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथ ग्रहण गराएका थिए ।

शुक्रबार (आज) १०४ जना प्रदेश सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन । जसमध्ये ५५ जना प्रदेश सभा सदस्यले नेपाली भाषामा शपथ ग्रहण गरेका छन भने ४९ जना प्रदेश सभा सदस्यहरुले आ आफ्नो मातृ भाषामा शपथ ग्रहण गरेका छन ।

Comment


Related News

Latest News

Trending News