अपडेट 
२०७९ पुष १६, शनिबार ०७:५५

मधेश प्रदेशमा निर्वाचन आयोगले निर्वाचित घोषणा गरेका दुई जनाको शपथ ग्रहण रोकिएको छ ।

नेकपा माओवादी केन्द्रका दुई समानुपातिक सभासदको शपथ ग्रहण रोकिएको छ । सर्वोच्च अदालतको आदेश अनुसार महोत्तरीका रज्जी हैदर र सप्तरीकी मालाकुमारी कर्णको शपथ ग्रहण रोकिएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए । माओवादीकै समानुपातिक बन्दसूचीमा रहेकी खजान्ती महतो नुनियाले अदालतमा उत्प्रेषण मुद्दा दिएपछि शपथ ग्रहण नगराउन अदालतले आदेश दिएको थियो । निर्वाचन आयोगले माला कर्ण र रज्जी हैदरलाई निर्वाचित भएको घोषणा गरे पनि प्रमाणपत्र दिइएको छैन् ।

मधेश प्रदेशमा माओवादीबाट चार जना समानुपातिकमा निर्वाचित भएका थिए । धनुषाबाट सुनिता यादव, सप्तरीबाट मालाकुमारी कर्ण, धनुषाबाट शारदा दास (पहाडी) र महोत्तरीबाट रज्जी हैदर निर्वाचित भएका छन् । सुनिता र माला मधेशी समूह, शारदा दलित र रज्जी मुस्लिम समूहबाट निर्वाचित भएका छन् । महतोले रिट दिँदा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले मंसिर २९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । आदेशमा दुबै जनालाई तत्काल निर्वाचित नगर्न र संसदको काम कारबाहीमा सहभागी नगराउन आदेशमा उल्लेख गरिएको छ । पार्टीभित्र गुट उपगुटका कारण विवाद सिर्जना भएको छ ।

अब अदालतको फैसला अनुसार निर्वाचन आयोगले प्रमाणपत्र दिने छन् । सोही अनुसार प्रदेशसभाले शपथ खुवाएर संसदको काम कारबाहीमा सहभागी गराउने छन् ।

Comment


Related News

Latest News

Trending News