अपडेट 
२०७९ पुष १६, शनिबार ०८:०६

संघीय मन्त्री ज्वाला कुमारी साहले गुणस्तरीय शिक्षाका लागि बेथितीलाई अन्त्य गर्नुे आवश्यक रहेको बताएकी छन् ।

रामराजा माहेन बिक्रम शाह बहुमुखी क्याम्पसको १५ औं क्याम्पस सभामा मन्त्री साहले जिल्ला कै जेठो क्याम्पस भएको रामराजले शिक्षाको क्षेत्रमा चाहे जति फडको मार्न नसकेको हुँदा यहाँका विद्यार्थीहरु अन्यत्र जिल्लाहरुमा गइ पाठन पाठन गर्ने बाध्य भएको बताइन । यस क्याम्पसलाई जिल्ला कै नमुना बनाउने तिर कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्दे उनले शिक्षाले नै समाज बदलिने भएको हुँदा छात्र छात्राहरुलाई विकृति बिसंगतिमा नलागि अभिभावकहरुको चाहनालाई पूरा गर्न पनि दतचित भइ पढाइमा ध्यान केन्द्रित गर्न सुझाव समेत व्यतm गरिन । यहाँका बेथितीहरुलाई सुधार गरी गुणस्तर शिक्षा उपलब्ध गराउन सके मात्र यस क्षेत्रका गरिब तप्काका विद्यार्थीले सहज रुपमा उच्च शिक्षा प्रदान गर्नमा महत्वपूर्ण टेवा पुग्ने थियो मन्त्री साहको कथन छ । प्रदेशमा शिक्षाको स्तर खस्दै जानुमा क्याम्पस, उच्च मावि, आधारभूत विद्यालयहरुका प्राध्यापक, शिक्षकहरुको कमजोरी रहेको नकार्न नसक्ने बताउँदै यसलाई सुधारोन्मुख बनाउन शिक्षकहरुको भूमिकालाई अझै प्रभावकारी बनाउदै त्यसमा अभिभावक एवम संचालक समितिका पदाअधिकारीहरुको भूमिका फराकिलो बनाउनुपर्ने सुझाव दिएका थिए ।

तराई मधेसका जिल्लाहरुमा प्राध्यापक, शिक्षकहरुले समयमा विद्यालय नआउनु, जति बेला मन लाग्यो उति बेला नै हिडि दिने, बढी बिदा लिने, मन लगाएर बिधार्थीहरुलाई नपढाउने जस्ता विकृतिका कारणले पनि शिक्षा क्षेत्रमा बेथिती आएको वक्ताहरुको भनाइ रहेको थियो । प्राध्यापकहरु पठनपाठनमा कम समय दिने, बढी राजनीतिमा समावेश हुने गरेको जनगुनासालाई नचिरेसम्म प्रभावकारी शिक्षा एवम् गुणस्तरीय शिक्षा दिन नसक्ने कुरामा उनीहरुले जोड दिएका थिए । क्याम्पस संचालक समितिका अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमालेका सचिव अध्यानन्द पाण्डेय, पूर्व संचालक समितिका अध्यक्ष सुरेश मोदक, क्याम्पस प्रमुख रबिभूषण कुशवाहा, संचालक समितिका उपाअध्यक्ष जंग बहादुर चौरसिया, प्राध्यापक अमित मिश्र लगायतकाले सभाको सफलताको शुभकामना व्यतm गरेका थिए ।

Comment


Related News

Latest News

Trending News