अपडेट 
२०७९ पुष १६, शनिबार ०८:१५

राजविराज । कोशी नदीको बालुवामुनि गाडेर राखेको अवस्थामा सप्तरी प्रहरीले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित गाँजा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी बरामद गाँजा सार्वजनिक गरिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका वडा १ खण्डमा पर्ने सप्तकोशी नदीमा तीन ठाउँमा बालुवा मुनि गाडेर राखेको ३० केजी दरका २७ बोरा तयारी गाँजा प्रहरीले अघिल्लो दिन बिहिवार साँझ बरामद गरेको थियो । प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार उक्त गाँजाको कुल तौल ८ सय १० केजी रहेको छ । भारतीय बजारमा महँगोमा बिक्री हुने गरेको गाँजा तस्करहरुले कोशी नदी आसपास लुकाएर राख्ने र रातिको समयमा प्रहरीको आँखा छलेर डुंगामार्फत भारतीय बजारमा लैजाने गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक प्रमोद खड्गाको नेतृत्वमा एक टोली त्यसतर्फ परिचालन गरी खोजतलाश गर्दा सो सफलता मिलेको उनको भनाइ छ । नदीमा बालुवा मुनि गाँजा लुकाइ राख्ने तस्करहरु भने पक्राउ नपरेको र खोजी कार्य जारी रहेको उनले जनाए।

केही दिन यता डुंगाबाट तस्कहरुले गाँजा र मदिरा भारततर्फ पु¥याउने गरेको सूचना आएपछि त्यस क्षेत्रमा राति गस्तीसँगै निगरानीसमेत बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment

Related News