अपडेट 
२०७९ पुष १६, शनिबार १४:१२

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगलमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा लालबन्दी नगरपालिकाका सब–इन्जिनियर रोशन यादवको मृत्यु भएको छ ।

शुक्रबार अबेर राति लालबन्दीबाट जनकपुरतर्फ जाने क्रममा यादव आफैले चलाएको ना १ ब २५५६ नम्बरको मोटरसाइकल बाँके जंगलमा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते यादवको सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका–३ का ३० वर्षीय यादव शुक्रबार ९ बजे राति लालबन्दी डेराबाट घरका लागि प्रस्थान गरेका थिए । यस्तै मलंगवा–नवलपुर सडकखण्डअन्तर्गत हरिपुरमा पिकअपले ठक्कर दिँदा एक साइकलयात्रीको मृत्यु भएको छ ।

प्रदेश २–०३–००१ च २३९६ नम्बरको जिपको ठक्करबाट हरिपुर नगरपालिका–२ का ३५ वर्षीय चक्रेश्वर चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News