अपडेट 
२०७९ पुष १६, शनिबार १६:३२

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेशी समुदायलाई मतदाता र करदाताको रुपमा मात्र प्रयोग गरिनु एकदम गलत कदम भएको बताएका छन् । उदयपुरको गाईघाटमा मधेशी समाजको प्रथम अधिवेशनको प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष डा. दत्तले राजनीतिक तथा प्रशासनिक तहमा मधेशी समुदायको पहुँच अझै पनि न्यून रहेकोले गर्दा विभिन्न समयमा मधेशी समुदाय भेदभाव तथा अत्याचारको शिकार हुनुपरेको बताएका छन् । अध्यक्ष डा. दत्तले विभिन्न सरकारहरु आएपनि मधेशीको समस्या जस्ताको त्यस्तै रहेको बताउदै सो समस्याहरु प्रति सरकार उदासिन रहेको बताएका छन् ।

अध्यक्ष डा. दत्तले मधेशीहरुको हकहितको लागि विभिन्न संगठनहरु दर्ता भएपनि मधेशीहरु आफैंमा संगठित नहुनु प्रति चिन्ता व्यक्त गरेका छन् । अध्यक्ष डा. दत्तले मधेशीहरुलाई एक हुन् तथा गर्वका साथ् आफु मधेशी हो भनेर पहिचान दिन समेत अनुरोध गरेका छन् ।

सो कार्यक्रममा बोल्दै अध्यक्ष डा. दत्तले मधेशी भाषा प्रति आएको जिज्ञासालाई सम्बोधन गर्दै संसद सचिवालयबाट मधेशी भाषाको बारेमा अहिले सम्म केही जवाफ नआएको पनि गम्भीर विषय रहेको जानकारी दिएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, त्रियुगा न.पाका उपप्रमुख, सुरक्षा निकायका प्रमुख लगायत ५०० जना भन्दा बढी मधेशी समुदायका अगुवाहरुको उपस्थिति रहेको थियो ।

Comment

Related News

Latest News

Trending News