अपडेट 
२०७९ पुष १७, आईतवार ०८:३३

संघीय मन्त्री ज्वाला कुमारी साहले किसानको आर्थिक अवस्थामा सुधार नभएसम्म देशले बिकास गर्न नसकिने बताएकी छन् । उनले साना किसान कृषि सहकारी संस्थाको २६ औँ बार्षिक साधारण सभामा बोल्दै नेपालका अधिकांश जनताहरु कृषि पेशामा आवद्ध रहेको बताइन ।

किसानले उन्नत जातको बीउ , मल र वैज्ञानिक ढङ् गले खेतीपाती गर्ने तरिकाको अभावमा सास्ती खेप्नु परिरहेको चर्चा गर्दै उनले किसानको समस्या आफूले राम्रोसँग बुझेका कारण एउटा मन्त्रीको हैसियतले गम्भीरतापूर्वक उठाउने बताइन । संस्थाले आर्थिक बर्ष २०७८।०७९ मा करिब ९ हजार शेयर सदस्यबीच १ अर्ब ६८ करोड ३२ लाख ५० हजारको कारोबार गरेको छ । संस्थामा अल्पमत र बहुमतको खेलमा लागेर संस्थाले २५ औँ साधारण सभा समयमा गर्न नसक्दा आन्तरिक राजश्व कार्यालय सिमरालाई रु १ लाख ११ हजार जरिवाना तिर्नुपरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बिश्वनाथ लामिछानेले जानकारी दिए । संस्थाले विभिन्न वाधाअवरोधबीच करिब ३ करोड नाफा कमाउन सफल भएको सो संस्थाले जनाएको छ ।

Comment


Related News