अपडेट 
२०७९ पुष १७, आईतवार ०८:३७

बाराको सिमरा स्थित सिमरा महिला वचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउन १५ दिने मखमलको जुत्ता बनाउने तालिम सुरु गरेको छ ।

संस्थाले आफ्ना शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन आफ्नै लगानीमा उक्त तालिम शुरु गरेको छ । विभिन्न समयमा नयाँ नयाँ तालिम सञ्चालन गरी शेयर सदस्यलाई स्वरोजगार बनाउँदै आएको संस्थाले यस पटक पनि यस क्षेत्रमा नयाँ किसिमको सीप तथा तालिम सञ्चालन गर्न लागेको सस्थाका अध्यक्ष अनिता लम्सालले जानकारी दिइन । उनले संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत यसअघि विभिन्न समयमा कार्यक्रमको उद्घाटन गर्दै जीतपुर सिमरा उपमहानगरालिका वडा नं २ का वडाध्यक्ष एवं कार्यपालिका सदस्य धनबहादुर श्रेष्ठले सहकारीका महिला सदस्यहरुले निर्माण गरेको जुत्ताको वजारीकरण गर्न सहयोग गर्ने प्रतिवद्धता जनाए । सिमरा महिला सहकारीको आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गर्न लागिएको तालिम करिब साढे २ लाखको लागतमा सम्पन्न हुने संस्थाले जनाएको छ । तालिममा जीतपुरसमरा उपमहानगरपालिका वडा नं १, २, ३, ४ र ९ का २० जना शेयर सदस्यहरु सहभागी भएका थिए । महिलाहरुलाई सशक्तिकरण गर्न व्यवसायिक च्याउखेती, क्रिस्टलको गहना बनाउने तालिम लगायतका कार्यक्रम संस्थाले सञ्चालन गरिसकेको अध्यक्ष लम्सालले बताइन ।

Comment


Related News