अपडेट 
२०७९ पुष १७, आईतवार ०८:४०

बीपीको एकता र मेलमिलाप अहिलेपनि उतिकै सान्र्दभिक रहेको संविधानसभाका सदस्य डा. शोभाकर पराजुलीले बताएका छन् ।

मुलुकमा जतिखेर खतराको कालो बादल मडारिएको थियो त्यही समयमा समयको मागलाई आत्मसात गरी भारत प्रवास जीवन बिताइ रहेका महामानव बीपी कोइरालाले एकता र मेलमिलापको नीति लिएर ३२ वर्ष अगाडि नेपालमा आइ राजा महेन्द्रसंग मेलमिलाप गरी देश र जनताको निकाससंगै भलोका लागि आएका थिए , तर त्यही बीपी कोइरालाले अवलम्वन गरेको नीतिलाई दलहरुका नेताहरुले बिर्सेका कारण लोकतन्त्र र राष्ट्रियतामाथिको संकट नेपालमा गहिरिदै गएको उनले बताए । कोइराला राट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्केको ४७ औँ वर्षमा प्रवेश गरेको दिनको अवसर पारेर शनिवार उनले विज्ञप्ति जारी गरी आफ्नो धारणा व्यक्त गरेका छन् । नेपाली कांग्रेस संसदीय दलका पूर्व सचेतक एवं पार्टी केन्द्रीय कार्यालयका पूर्व मुख्य सचिवसमेत रहेका डा.पराजुलीले जनताको भावना र त्यसको प्रतिनिधित्व संसद तथा संविधानले तोकेको संरचनामा काम गर्न समेत नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । उनले पार्टीभित्र शुद्धीकरणको खाँचो भएको बताउँदै एकता र मेलमिलापकै कारण उपयुक्त निणर्य लिन सकिने समय आएको विज्ञप्तिमा उल्लेख छ । देश, जनता र लोकतन्त्रका लागि सजग र सचेत भइ अगाडि बढन नेपालका सबै दलका नेता तथा कार्यकर्तामा थप उर्जा पलायोस भने कामनासमेत उनले गरेका छन् ।

Comment

Related News

Latest News

Trending News