अपडेट 
२०७९ पुष १७, आईतवार ०८:४६

नेपालको संसदीय इतिहासमा एक नयाँ अध्याय थपिँएको छ । निर्वाचनको परिणामपछि कुनै तेस्रो दलको नेतृत्वमा पहिलोपटक सरकार गठन भएकाले नयाँ अध्याय थपिँएको हो । २०४८ सालदेखि २०७९ सालको अवधिमा सातपटक निर्वाचन भएको छ । जसमध्ये दुईपटक काँग्रेस (२०४८,०५६)को बहुमतको सरकार गठन भएको थियो भने ठूलो दलको रुपमा दुईपटक एमाले (२०५१,२०७४), एक–एकपटक माओवादीकेन्द्र(२०६४) र काँग्रेस (२०७०)ले ठूलो दलको हैसियतमा सरकारको नेतृत्व गरेको छ । पहिलोचोटी २०७९मा तेस्रो दलको रुपमा स्थापित माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएको हो । कुनैपनि दलले बहुमत नल्याएको खण्ड ठूलो दलको नेतृत्वमा निर्वाध रुपमा सरकार गठन हुनुपर्ने संसदीय लोकतन्त्रको मूल्य मान्यताअन्तर्गत पर्दछ । यो सर्वमान्य सिद्धान्तलाई काँग्रेसले २०५१ सालमा इमान्दारितापूर्वक निर्वाह गरेको थियो । एमाले ठूलो दलको हैसियत सरकार मात्र बनाएन कि सहज ढङ् गले विश्वास मत पनि पाएका थिए । एमालेले ठूलो दलको सरकार बनाउने परम्परालाई तोड्ने भूमिका खेलेको छ । भारतमा सन् १९८९मा को निर्वाचनमा काँग्रेस ठूलो दल बनेको थियो । राजीव गान्धीले बहुमत नपाएकाले सरकार नबनाउने विधिवत रुपमा घोषणा गरेपछि दोश्रो स्थानमा रहेका जनतादलबाट विश्वनाथ प्रसाद सिँह प्रधानमन्त्री बनेका थिए । दुई बर्ष नवित्दै गठबन्धनको सरकार चलाउन असहज भएपछि उहाँलाई प्रधानमन्त्री हट्नुमात्रै परेन कि राजनीतिबाट विलुप्त हुनु प¥यो । अहिले, प्रचण्डको अवस्थापनि विश्वनाथ जस्तै छ । राप्रपाको राजावादी सोच, रवि लामिछानेहरुको युवावादी सोच र केपि ओलीको उच्च महत्वकाक्षी सोचको मिश्रणबीच प्रचण्डले कसरी नेतृत्व गर्नुहुन्छ भन्ने जटिल प्रश्न तेर्सिएका छन् ।

ओलीको राजनीतिक खेल

‘राज’को अर्थ शासन र उचित समय र उचित स्थानमा कार्य गर्ने कलालाई नीति भनिन्छ । यी दुइटै शब्दको मिश्रणबाट राजनीतिको निर्माण हुन्छ । केपि ओली र प्रचण्डले राजनीतिको परिभाषाको उचित समयमा प्रयोग गरी सत्तामाथि नै कब्जा ग¥यो । सत्ताको लागि राजनीति कसरी खेलिन्छ ? केपि ओलीले खेल्ने काइदा यस्तो हुँदोरहेछ भनेर सिकाउनुभएको छ । ‘एक तिरमा दुई शिकार’ सुनेको थिए । तर, एक तिरमा आधा दर्जन शिकार पहिलोपटक हेर्ने शौंभाग्य नेपाली जनताले पाउने भएका छन् । केपि ओलीको पहिलो तिरको शिकार प्रचण्ड भएका छन् । बाचुञ्जेल कहिलेपनि ओलीको सहयोग नलिने कसम खाएका प्रचण्डलाई प्रधानमन्त्री बन्नका लागि नतमस्तक गराए । दोश्रो, पार्टी गठन गरेलगत्तै बाँहरुलाई विदाई गर्नुपर्ने, संसद भवनमा छिर्न नदिनका लागि चुनावमा हराउनुपर्ने भनेर अडान लिएका रवि लामिछानेलाई बालकोट दरवारको प्रवेशद्वारमा छिर्नुका लागि आतुर पारे । तेस्रो, शेरबहादुर देउवालाई ठूलो पार्टीको संसदीय दलको नेता हुँदै प्रधानमन्त्री पद पाइदैन् । प्रधानमन्त्री बन्नका लागि दूरगामी दृष्टिकोणपनि हुनुपर्छ भनेर ज्ञान प्रदान गर्नुभयो । चौंथो, सातवटै प्रदेशका साथै राष्ट्रपति, सभामुखलगायतका पदमा माथि बर्चस्व कायम, पाँचौं, यो गठबन्धनको सरकारको सारथि हुँ भन्ने सन्देश प्रवाह र छैठौं केपि ओली झापाली हुन् । झापालीहरु मुलुकको हरेक क्षेत्रमा त्यसै बर्चस्व कायम गरेको छैन् । झापालीहरु मौंसमको पूर्वानुमान गर्ने विशेष किसिमको क्षमता राख्दछ भन्ने प्रमाणित गर्नुभयो ।

सरकारको मियो ‘ओली’

यो सरकारको मियो ओली हुन् । ओलीको समर्थनबेगर यो सरकार तासको घरजस्तै छ । गिरिजाबावुले मनमोहन अधिकारीको सरकारमाथि व्यङ्ग्य गर्दै भन्नुहुन्थ्यो । “यो तासले बनेको घरको सरकार हो, ‘पूm’ गर्दा लड्छ ।” अहिले प्रचण्डको सरकारको अवस्थापनि उस्तै छ । फरक यति छ कि उतिखेर, काँग्रेस प्रतिपक्षमा थियो अहिले एमालेको खुट्टामा सरकारको निर्माण भएको छ । ओलीको सल्लाहबेगर एक कदमपनि प्रचण्ड हिड्न नसक्ने अवस्थामा छ । हातखुट्टा बाँधेर पानीमा पौंडी खेल्नुपर्ने अवस्थाजस्तै प्रचण्डको अवस्थापनि उस्तै, उस्तै छ जस्तो छ भनेर विश्लेषण गर्दा हुन्छ । ओलीले आफ्नो खुट्टा तान्यो भने सरकार ढल्ने छ । प्रधानमन्त्री बन्नका लागि प्रचण्डले ओलीको साथ छोडेको थियो । पाँच बर्षको कार्यकाल पुरा गर्ने धोको पुरा हुन सकेन् । आफ्नो प्रधानमन्त्रीका पदका साथै पाँचवटा प्रदेशको मुख्यमन्त्री पनि गुमाउनुपरेको थियो । ओली इख पाल्ने चरित्रका व्यक्ति हुन् ।उनलाई प्रधानमन्त्री पदबाट हटनु र पार्टी विभाजनको पीडाबाट गुज्रनुपरेको थियो । ति घटनाहरु यति चाँडै विर्सने छ भने कल्पना नगरे हुन्छ । अहिले, ओलीको वलमा प्रचण्ड कुर्सी पाउन सफल भएका छन् । प्रचण्डलाई कुर्सीको पद दिएर नामको प्रधानमन्त्री मैं सीमित पार्नेछ भन्ने प्रवल सम्भावनालाई नकार्न सकिँदैन् । त्यति मात्र कहाँ हो र ! सातवटै प्रदेशमध्ये मधेश प्रदेश र प्रदेश नं–१का साथै पाँचवटा प्रदेशको मुख्यमन्त्री पनि एमालेनै लिने सम्भावना देखिन्छ । ओली प्रधानमन्त्री होइन । उनले सरकार बनाएका छन् । उनको निर्णयलाई मान्नु पर्छ । नमान्ने दलले अलग बाटो हिड्दा ओलीलाई खासै फरक पर्दैन । फरक प्रचण्डलाई पर्छ ।

देउवा अपरिपक्व नेता

अप्रत्यासित रुपमा शेरबहादुर देउवा टुलुटुल हेर्ने अवस्थामा पुगे । उहाँ पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौंला, विमलेन्द्र नीधि, प्रकाशशरण महत र प्रकाशमान सिँहकै सल्लाहमा निर्भर थियो । अन्तिम समयमा पनि डा. शेखर कोइरालाका साथै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतसँग छलफल आवश्यक ठान्नु भएन् । रामचन्द्र पौंडेलको सुझावलाई मान्नु भएन् । कतिपयले देउवाजी चितवनको गैंडाजस्तै सुत्नुभयो । सत्ता हातबाट खुस्किँदै छ भन्ने आभाष पनि पाउन सक्नु भएन् । देउवाजीको जगहसाँइ नै भएको छ । प्रचण्ड प्रधानमन्त्री बनाउनुपर्ने अडानबाट किन टसमस भइरहेको छैन ? आखिर, कसको वलमा प्रचण्ड अडान लिएका छन् । प्रचण्ड बाहिरिएपछि के गर्ने ? भन्ने, सम्बन्धमा ठोस रुपमा विश्वासिलो विकल्प न खोज्नु र प्रचण्डको विगतको गतिविधिबाट पाठ सिक्न नसक्नु उहाँमा अपरिपक्वता छ भने पुनः पुष्टि भएको छ । केपि ओलीले पुस ९ गते काठमाडौंमा एक कार्यक्रममा आज मध्याह्नसम्म प्रचण्ड नआएकाले अव, उहाँको प्रधानमन्त्री बन्ने सम्भावनाको अन्त्य भएको भनेर अभिव्यक्ति दिनु भएको थियो । वास्तवमा, त्यो एक कुटनीतिक चाल थियो । काँग्रेसलाई भ्रममा राखिराख्नका लागि ओलीले सो प्रतिक्रिया दिएको पुष्टि हुन्छ । काँग्रेसका देउवा पक्षले ओलीको सो अभिव्यक्ति सुनेर मख्ख भएका थिए । अव, प्रचण्ड कहाँ जानेछ ? तर, राजनीतिको माहिर खेलाडी प्रचण्डले भित्रभित्रै ओलीका साथै राष्ट्रिय स्वतन्त्र पार्टी र जनता पार्टीसँग सम्बन्ध स्थापित गरिसकेका थिए ।

प्रचण्ड दौंरा सुरुवालमा

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिँदा दौंरा सुरुवालमा हुनुहुन्थ्यो । यसअघि, दुईपटक कोटपेन्टमा शपथ लिनु भएको थियो । सधैं कोटपेन्ट पहिरण गर्नुहुने प्रचण्ड एक्कासि दौंरा सुरुवालमा शपथ लिएपछि यसलाई सकारात्मक रुपमा लिइएको छ । रवि लामिछानेहरु संसद सचिवालयमा संसद् सदस्यको शपथ लिँदा दौंरा सुरुवालमा थिए । कतै, रवि लामिछानेलाई खुशी पार्नका लागि प्रचण्ड दौंरा सुरुवालमा सज्जिनु भएको होइन भन्ने जिज्ञासा उठ्नु स्वभाविक हो । नेपालका ‘बाँ’दर्जाका नेताहरु अकारण केही गर्छ भन्ने पत्यार गर्न अलि कठिन हुन्छ ।

सामाजिक सजालमा भाइरल भिजुवलहरु

प्रधानमन्त्री पदमा पुष्पकमल दाहाल‘प्रचण्ड’सहित कतिपय नेताहरुले विगतमा टेलिभिजनको साक्षात्कार कार्यक्रम र भाषणमा बोलेका कुराहरु यतिखेर, सामाजिक सञ्जालमा भरिभराउ छ । ‘बाँ’ आर्दरार्थी शब्दको पदवीबाट सुशोभित हुनुभएका नेताहरुका बोली वचनहरु पटक पटक समयानुकुल फेरिँदै गएको सन्दर्भमा हामी सवै अवगत नै छौं । तर, युवा नेताहरुले जसले जतिखेरपनि पुराना नेताहरुलाई सराप्दै जनतासँग मत मागेका थिए । त्यस्ता युवा नेताहरुले बोलेका कुराहरु विर्सेको देखेर सर्वसाधारण जनता हत्तप्रभ छन् । के चुनाव जित्न र सत्ता पाउन लागि नै युवा नेताहरुले जोशिला भाषण दिने गरेको हो भनेर प्रश्न उठ्नु किमार्थ गलत होइन् । निर्वाचन अघि प्रचण्डको पत्रकार ऋषि धमलासँगको टिभी साक्षात्कार व्यापक रुपमा भाइरल भइरहेका छन् । सो साक्षात्कारमा ऋषि धमलाको प्रश्नको जवाफ दिँदै प्रचण्डले अव, कुनैपनि अवस्थामा ओलीको समर्थन लिएर प्रधानमन्त्री नबन्ने र गठबन्धन नत्याग्ने भनेर पटक दोहराउनु भएको थियो । रवि लामिछानेले दर्जनौं पटक जोशिलो भाषण र टिभीको साक्षात्कारमा अव ‘बाँ’हरुको विदाइ गर्नुपर्छ । उहाँको सामाजिक सञ्जालमा यसरी भाइरल छ, “हामीहरुलाई जङ्गी जनावरहरुले पनि मारेका छन् । जङ्गलबाट आउनेहरुले पनि मारेका छन् । हामीहरु जङ्गलराजबाट कहिले मुक्ति पाउने थाहा छैन ।” किन ? प्रचण्ड, ओली र माधव नेपालहरुको सम्पति घटेको छैन् । झन बढिरहेको छ । हामी तपाईबाट लुटेको पैसा हो । अव, बाँहरुलाई विदाइ गर्नुपर्छ । उहाँले यस्तै जोशिलो भाषण गरी जनताको मत पाउनु भएका थिए । सत्ताको लोभ कस्तो हुँदोरहेछ, राष्ट्रका कर्णधार कहलिँएका युवा लामिछानेले जङ् गलबाट आउने बाँलाई शिरोधार्य गरी बडो गर्विलो पद उपप्रधानमन्त्री एवम् गृहमन्त्री बन्नु भएको छ । अव, आफ्ना प्रधानमन्त्री प्रचण्ड र सहयोगी ओलीको सम्पतिको छानविनको प्रक्रिया कहिँले अगाडि बढाउने हो ? गृहमन्त्रालयले उहाँको नागरिकतासम्बन्धी मुद्धाको छानविन गरिरहेको छ । उहाँलाई नैतिक रुपमा गृहमन्त्री बन्नु हुदैन्थ्यो । तर, उहाँ गृहमन्त्री नै बन्नुभयो । बाँहरुको सम्पति छानविन गर्ने कि आफ्ना नागरिकताको छानविनमा सहयोग पु¥याउने नैतिक प्रश्न उठेको छ । जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खाँको पनि भाषण भाइरल छ । उहाँले नेपालमा मुश्लिम शासक गयासुद्दीन तुगलकले सिम्रोनगढलाई कब्जा गरी उपत्यकापनि कब्जामा लिएको भनेर चुनावअघि गर्विलो भाषण दिँदै नेपालको इतिहासकारले यो कुरा लुकाएको भनेर उहाँले दुषेसो पोख्नु भएको छ । बाह्रो शताब्दीमा बङ्गालका लुटेरा शासक गयासुद्दीन तुगलक सिम्रोनगढमाथि अकस्मात आक्रमण गरी लुटपाटका साथै हजारौं निर्दोष व्यक्तिको हत्या गर्दे काठमाडौं पुगेर पशुपतिनाथ मन्दिरमा लुटपाट र तोडफोड गरेका थिए । मन्दिरहरु भत्काएका थिए । केही दिनपछि स्थानीयहरु प्रतिकारमा उत्रेपछि त्यहाँबाट फर्केर पुनः करिव ६ महिनासम्म सिम्रोनगढमा शासन ग¥यो । त्यहाँपनि प्रतिकार हुन थालेपछि एकजना उत्तराधिकारीलाई राखेर बङ्गाल फर्केका थिए । ति लुटेराहरुलाई नेपालको इतिहासमा सम्मानसहित विद्यार्थीहरुलाई पढाउनुपर्ने हो ? क्रान्तिकारी भाषण दिनु हुने राप्रपाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र कार्कीपनि सामाजिक सञ्जालमा चर्चामा हुनुहुन्छ । उहाँको पार्टी राप्रपापनि सशर्त सरकारमा सहभागी हुने निर्णय गरेको छ । सम्भवतः उहाँपनि मन्त्री बन्न सक्नुहुन्छ । उहाँले आफ्नो भाषणमा प्रचण्डलाई आतङ्कारी भनेका छन् । यदि, प्रचण्ड आतङ्कारी हुन् भने पार्टीले कुन आधारमा समर्थन गरेको र सरकारमा जान खोजेको हो । यस्ता, युवा नेताहरुले बोल्ने बेलामा होश गुमाउने गर्छन् । यदि, प्रचण्ड त्यस्तो व्यक्ति हो भने पार्टीको निर्णयविरुद्ध किन बोल्न आँट गरेन । एउटा कुरा के बुझ्नुपर्छ भने देश हाँक्नका लागि दूरगामी सोच भएका, स्वच्छ छवि भएका र जनताको भावनालाई सम्झने खालका व्यक्ति हुनुपर्छ । युवा हुँदैमा धेरै बढी जानिफकार र इमान्दार हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन् । आजभोलिका अधिकांस युवाहरुमा धेर्यताको कमी छ र चाँडै नै धेरै बढी आर्जन गर्ने सोचपनि राख्दछ । हेरौं ! युवा मन्त्रीहरुले के कायापलट गर्नेछन् । ‘इतिश्री

Comment

Related News

Latest News

Trending News