अपडेट 
२०७९ पुष १८, सोमबार ०७:३५

दीपेन्द्र झाद्वारा अंग्रेजी भाषामा लिखित ‘फेडरल नेपाल ट्रायल्स एण्ड ट्रिब्युसन’को मैथिली अनुवाद संघीय नेपाल परीक्षण र उत्पीडन नामक पुस्तक सार्वजनिक भएको छ ।

संविधान,संघीयता तथा विगतमा भएको मधेशवादी आन्दोलन लगायतका विषय वस्तु समेटिएको २४८ पृष्ठको सो पुस्तकको मैथिली अनुवाद अभिषेक झा तथा निराजन झाले गरेका छन् । पुस्तकमा मधेश आन्दोलनमाथि सीमा नाकावन्दीको प्रभावसहितको डेढ दर्जन भन्दा बढी शीर्षकमा २०६३÷०६४ मा भएको मधेश आन्दोलनबारे सरल भाषामा विश्लेषण गरिएको छ । यस पुस्तकका लेखक झाले सन् २००६ देखि संघीयताको आन्दोलनमा कानूनकर्मी,मानव अधिकारकर्मी , सामाजिक अभियन्ता,अवलोकनकर्ता एवम् अध्ययेता एकैसाथ रहेर काम गरेका छन् । सो पुस्तकबारेमा विश्लेषक सीके लालले टिप्पणी गर्दै भनेका छन्,‘संघीय नेपालको संघर्ष यात्रामा रुचि राख्नेहरुका लागि ‘संघीय नेपालःपरीक्षण एवम् उत्पीडन’ अपरिहार्य से्रात सामग्री साबित हुने निश्चित छ।

’ तथ्य संकलन ,घटना विवरणको अध्ययन तथा तर्कसहित प्रस्तुत भएको विषय वस्तुले सर्वसाधारणलाई समेत यस पुस्तकले संघीयताबारे बुझ्ने र अध्ययन गर्ने अवसर पाउने निश्चित रहेको दाबी अनुवादक अभिषेक झाको रहेको छ । संघीयताबारे मैथिली भाषामा सम्भवतः यो पहिलो पुस्तकको रुपमासमेत रहेको झाको दाबी छ । नवारम्भ प्रकाशनद्वारा प्रकाशित यो पुस्तकले मैथिली भाषामा नौलो रुपमा प्रस्तुत भएको छ । पुस्तकको विमोचन जनता समाजवादी पार्टीका नेता एवम् पूर्व मन्त्री हरिनारायण यादव,पुस्तकका मूल लेखक दीपेन्द्र झा तथा अनुवादक झाद्वयसहितका व्यक्तिहरुले सामूहिक रुपमा महोत्तरीको बनौलीमा गरेका थिए ।

Comment

Related News

Latest News

Trending News