अपडेट 
२०७९ पुष १८, सोमबार ०७:४३

प्रभु साहको नेतृत्वमा हालै गठन भएको आम जनता पार्टीले मधेश प्रदेशको आठ वटै जिल्लामा संयोजक, सचिव र इन्चार्ज चयन गरेको छ ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्रबाट चुनाव लडेका साहले गत पुस १४ गते नयाँ पार्टी घोषणा गरेका थिए । उक्त पार्टीले बारा संयोजकको जिम्मेवारी उमेश कुशवाहालाई दिएको छ । कुशवाहा बारा क्षेत्र नं. ४(२) बाट प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएका थिए । यसैगरी,बाराको सचिवमा राजकिशोर साह र इन्चार्जको जिम्मेवारी अशोक लामालाई दिएको छ । त्यस्तै, पार्टीको पर्सा जिल्ला संयोजकमा कदम रसुल र इन्चार्जमा बाबुराम कौसिक ,रौतहट जिल्लाको संयोजकमा धर्मेन्द्र पटेल र इन्चार्जमा त्रिभुवन साह (अमर),सर्लाही जिल्ला संयोजकमा तुल्सी प्रसाद हुमागाई र इन्चार्जमा रिता देबी चयन गरिएको छ ।

यसैगरी, महोत्तरी जिल्ला संयोजकमा बिजय साह र इन्चार्जमा राधेश्याम साह ,धनुषा जिल्ला संयोजकमा श्रीलाल महासेठ र इन्चार्जमा श्रीलाल महासेठ ,सिराहा जिल्ला संयोजकमा उदय साह र इन्चार्जमा बिल्टु यादब र सप्तरी जिल्ला संयोजकमा शिव कुमार महरा र इन्चार्जमा आर.डि.आजाद चयन गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Comment


Related News

Latest News

Trending News