अपडेट 
२०७९ पुष १८, सोमबार ०८:०६

अंग्रेजी वर्ष २०२३ मा जनकपुरधाममा भारतीय पर्यटकहरूको भीडभाड बढेको छ । अंग्रेजीको नयाँ वर्ष मनाउनका लागि भारतको बिहार, उत्तर प्रदेश, मध्य प्रदेश, उत्तराखण्डसहितको ठाउँबाट उल्लेखनीय संख्यामा पर्यटकहरू जनकपुरधाम आएका छन् ।

विश्व प्रसिद्ध जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिरसहितमा भारतीय पर्यटकहरूको घुइँचो रहेको छ । भारतीय पर्यटक बढेसँगै जनकपुरका सडकहरुमा भारतीय नम्बर प्लेटको चारपाङ्गे्र सवारी साधनको चाप बढेको छ । नयाँ वर्षमा मन्दिरहरूमा पूजापाठ गर्नाले विशेष फल प्राप्त हुने र वर्षभरि राम्रोसँग बित्ने धार्मिक जनविश्वासले जनकपुरधाममा आएको भारतीय पर्यटकहरुको भनाइ छ । विहारका कतिपय युवाहरु मदिरा सेवनसहितको रमाइलो गर्नका लागि पनि जनकपुर आउने गरेका छन् । विहारमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । यता, भारतीय पर्यटकहरूको सवारी साधनको व्यवस्थापनमा बिहानदेखि नै ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जिल्ला ट्राफिक कार्यालय धनुषाका अनुसार एक हजार भन्दा बढी सवारी साधन नयाँ साल मनाउने उद्देश्यले जनकपुरधाम आएको छ ।

Comment


Related News

Latest News

Trending News