अपडेट 
२०७९ पुष १८, सोमबार ०८:०८

विगत ५ वर्षदेखि सुनसान देखिने सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको नाढीमन तालमा आइतबार पर्यटकहरूको भीड लागेको छ ।

नाढी तालमा अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड देखिएको थियो । केही वर्ष पहिला व्यवस्थित रहेको तालमा नयाँ वर्ष बाहेकका दिनमा पनि पर्यटकहरूको भीड लाग्ने गरेको थियो । सुनसान देखिने तालको डिलमा भारतीय तथा आन्तरिक पर्यटक तालको डिलमा रमाइरहेका दृश्य निकै देखिए । पर्यटकहरू दिनहुँ आए चन्द्रनगर गाउँपालिकाको मुहार फेरिने स्थानीय सुरेन्द्र महतोले बताए । भारतको बिहार जिल्ला सीतामढीका उदय पटेलले यो ताल एकदम रमणीय भएको बताए । ग्रामीण भेगमा ताल भए पनि सुविधा सम्पन्न भएकोले वर्षौंवर्ष यो यात्रालाई सम्झने अर्का भारतीय नागरिक चन्द्रशेखर यादवको भनाइ छ ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले आफूले नाढीमन तालको विकासको लागि हर सम्भव प्रयास गरिरहेको बताए ।उनले वर्षौंदेखिको जीर्ण बाटो मर्मत गरी सुचारु गराएको बताए ।

Comment

Related News

Latest News

Trending News