अपडेट 
२०७९ पुष १८, सोमबार १९:२८

वीरगञ्जमा नेपाली कांग्रेसले मेलमिलाप दिवसको आवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेसले मनाउदै आएको ४७ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

पार्टीका पर्सा जिल्लाका कार्यवाहक सभापति रामनारायण कुर्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य रमेश रिजाल, केन्द्रिय सदस्य एवम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य अजय चौरसिया, प्रतिनिधि सभा सदस्यद्वय प्रभु हजरा र बिना जैसवाल लगायतले सम्बोधन गरेका थिए ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसले आपसी मेलमिला र एकताको सन्देश दिने वक्ताहरुको भनाई थियो । हातहतियार नभई विचार र क्षमताको लडाई लडेपनि देश र जनताको हित हुने कुरामा सबै एकबद्ध र मेलमिलाप हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद चौधरी, संविधान सभा सदस्य अनिल रुंगटा, नेपाली कांग्रेस पर्साका उपसभापति अशोक कुमार गुप्ता, सचिव एवम् वीरगञ्ज महानगरपालिकाका उपप्रमुख ईम्तियाज आलम, सचिव दिनेश कुमार चौधरी, सहसचिवद्वय नविन सिंह, मदन यादव, कोषाध्यक्ष प्रेम बहादुर थापा लगायतको उपस्थिती रहेको पार्टीका प्रवक्ता रमेश पाण्डेले जानकारी दिए ।

Comment

Related News

Latest News

Trending News