अपडेट 
२०७९ पुष १९, मंगलवार ०८:३८

स्रोत नखुलेको भारतीय रुपैया सहित २ जना पक्राउ परेका छन् ।

जिल्ला भन्सार कार्यालय गौरको अगाडि ड्यूटीमा रहेका भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल बीओपी गौरको संयुक्त टोलीले चेकजाच गर्ने क्रममा ४ लाख ४९ हजार ५ सय स्रोत नखुलेको रकमसहित २ जना लाई पक्राउ गरेको छ । भारतबाट बी आर ०५ ए एन १५९० नम्बरको मोटरसाइकल रोकर चेकजाँच गर्दा भारत विहार राज्य मोतिहारी जिल्ला मोतिहारी नगरपालिका वडा नम्बर ३५ न्यू गोपालपुर बलहा चोकका ३५ वर्षीय आजाद कुमार मालाकार र सोही ठाउँका संजीव कुमार तिवारी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । चेकजाच गर्ने क्रममा मालाकार बाट २ लाख ४५ हजार र तिवारी बाट २ लाख ४ हजार ५ सय रुपैया बरामद भएकोमा कÞानूनी कारबाहीको लागि राजश्व कार्यालय पथलैया पठाइएको प्रहरी नायव उपरीक्षक उमाशंकर यादवले जानकारी दिए।

Comment

Related News

Latest News

Trending News