अपडेट 
२०७९ पुष १९, मंगलवार ०८:३८

विश्व कल्याणको उद्देश्यका साथ धनुषाको लक्ष्मीनियाँ बजारमा संगीतमय गीता ज्ञान महायज्ञ प्रारम्भ भएको छ । सोका लागि सोमवार कलशयात्राको आयोजना गरी महायज्ञ प्रारम्भ भएको छ ।कुम्हरौडा पोखरीबाट जल भरेर सयौंको संख्यामा श्रद्धालुले कलशयात्रा गरेका थिए ।

महायज्ञ सहयोगी राम्फल यादवका अनुसार यज्ञलाई गीत संगीतसहित भक्तिमय बनाउनका लागि भारतको उत्तर प्रदेश स्थित ऐतिहासिक पवित्र नगरी बनारसबाट साधुसन्तलाई आमन्त्रण गरिएको छ । स्थानीयवासीहरुले चन्दा संकलन गरी महायज्ञको आयोजना गरेका छन् । सहयोगी यादवका अनुसार महायज्ञमा ६ लाख रकम खर्च हुने अनुमान गरिएको छ । महायज्ञको आयोजनामा स्थानीयवासीहरुले नै मुख्य रुपमा आर्थिक सहयोग गरेका छन् भने लक्ष्मीनियाँ गाउँपालिकाले पनि सहयोग गर्ने आश्वासन दिएको बताइएको छ । महायज्ञको क्रममा लगातार सात दिनसम्म चल्ने श्री मद भगवद् गीता महापुराण कथा मुख्य आकर्षणको रुपमा रहनेछ भने बिहान र बेलुका संगीतमय भजन किर्तन गरी सो महायज्ञ गरिने बताइएको छ । महायज्ञको उद्घाटनका अवसरमा सोमवार स्थानीय बुद्धिजीवी,विभिन्न मठ मन्दिरका सन्त महन्थ एवम् सर्वसाधारण भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो । लक्ष्मीनियाँ बजारमा महायज्ञको आयोजना भएकोले सो आसपासका दर्जनौ गाउँका हजारौं भक्तजनहरुले महायज्ञको दर्शन गर्ने अवसरसमेत जुरेको छ ।

Comment


Related News