अपडेट 
२०७९ पुष १९, मंगलवार ०८:४२

राजनीतिक प्रभावमा व्यवसायिक सटर भाडा नतिरेका जीतपुरका व्यवसायीहरुले सोमबारदेखि सटर भाडा तिर्न सुरु गरेका छन् ।

विगत ४ बर्षदेखि भाडा नतिरेका व्यवसायीहरुले भाडा तिर्न सुरु गरेको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले बताए । उनले पटकपटक व्यवसायीहरुको घरदैलोमा गइ सटर भाडाको यथार्थताको विषयमा बुझाएका थिए । जीतपुरका एक फलफूल व्यवसायी वीरेन्द्र सहनीले चार वटा सटरको ५ लाख ४६ हजार ८ सय २१ रुपैया एक मुष्ट तिरेको जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । आर्थिक वर्ष ०७६।०७७ देखि २०७९।०८० को चैत मसान्तसम्मको ४५ महिनाको सटर भाडा रकम सहनीले तिरेको उपमहानगरपालिकाको राजश्व शाखा प्रमुख राम अधिकारीले जानकारी दिए । एकमुष्ट रकम तिर्दा उपमहानगरपालिकाले तिर्नुपर्ने भाडामा ५ प्रतिशत छुट(्ररु२२,७७९) दिएको उनले बताए । उपमहानगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख पौडेल र उप प्रमुख भोला अधिकारीले संयुक्त रुपमा एक मुष्ट व्यवसायिक सटर भाडा तिर्ने सहनीलाई खाँदा र अबिर लगाई सम्मान गरेका थिए ।

भाडा तिर्ने सहनीले आफूहरुलाई सुरुवात देखि नै भाडा तिर्ने इच्छा हुँदाहुँदै भाडाको नाममा गलत राजनीति गर्नेहरुले रोक्दै आएको बताए । उपमहानगरपालिकाको सम्पत्ति प्रयोग गरिसकेपछि भाडा तिर्नुपर्ने आफूहरुको कर्तव्य भएकाले आफूले भाडा तिरेको सहनी बताए । जीतपुरसिमरा उपमहानगरपालिकाले आफनो मातहतमा रहेको सटर भाडाको रकम बढाएको भन्दै ४ वर्ष देखि व्यवसायीहरु रकम नतिरी आन्दोलित थिए । उपमहानगरपालिकाले जीतपुर बजार क्षेत्रभित्र रहेका डबल सटरको ३ हजार ९ सय ९५ रुपैया ,सिंगल सटर बाहिरको ३ हजार ५५ रुपैया र भित्री सिंगल सटरको रु २ हजार ५ सय ५० रुपैया निर्धारण गरेको छ । जीतपुरको गदरी बजारमा १ सय १ वटा ,मिना बजारमा ३३ वटा र सिमरामा २८ वटा सट्रहरु रहेका छन् ।

Comment


Related News

Latest News

Trending News