अपडेट 
२०७९ पुष १९, मंगलवार ०८:५२

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक मंगलबार सकिदैछ । सोमबार र मंगलवार गरी दुई दिनको लागि बोलाइएको बैठक मंगलवार सकिने जनाइएको छ ।

विभिन्न ८ वटा विषय वस्तुमा छलफल हुने पार्टीका राजनीतिक समितिका सदस्य लालकिशोर साहले जानकारी दिएका छन् । सोमबार मुलुकको वर्तमान राजनीतिक परिस्थिति र हाम्रो पार्टीको भूमिका विषयमा पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले प्रस्तुत गरेका प्रस्तावमाथि पार्टीका नेताहरुले विचार राखेका छन् भने अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्बन्धी समीक्षा विषयक प्रस्तावमा पनि छलफल भएको साहले जानकारी दिए । अध्यक्ष यादवले निर्वाचनमा धाँधली भएको बताएका थिए । उनले देशी विदेशी शक्तिहरु पनि जसपालाई चुनावमा पराजित गराउने षडयन्त्र गरेको आरोप लगाएका थिए । पार्टी भित्र देखिएको अन्तरकलह र अन्तर्घातले पनि कतेको स्थानमा पराजित हुनु परेको बताए । मंगलवार विभिन्न ६ वटा बुँदामा छलफल गरी बैठक सकिने छ । मंगलवार न्यूनतम साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता सम्बन्धी, विभिन्न राजनीतिक दल÷संगठनसंग एकता सहकार्य राखी गठबन्धन सम्बन्धी वार्ता गर्नका लागि वार्ता समिति गठन गर्ने रहेको छ ।

त्यस्तै,संगठनात्मक कार्य सम्बन्धी प्रस्तावमा क्रियाशील एवम् प्रभावकारी नरहेका पार्टीका विभिन्न समिति÷संगठनलाई क्रियाशील बनाउन आवश्यकता अनुसार विघटन÷पुनर गठन गर्ने र भातृ÷जनवर्गीय संगठन, पेशागत संगठन र ट्रेड युनियन लगायतका संगठनहरुलाई क्रियाशील तथा सुदृढीकरण गर्ने रहेको छ । त्यस्तै,विगतमा सम्पन्न भएका निर्वाचनहरुमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने पार्टी भित्र अन्तर्घात गर्ने, निष्कृय रहने, असहयोग गर्ने र पार्टी विरुद्ध गतिविधिमा संलग्न हुने वा गतिविधि गर्नै पार्टी पदाधिकारी एवम् सदस्यहरुलाई समितिहरुले पार्टी विधान अनुसार कारबाही गर्नेमाथि मंगलवार छलफल हुने भएको छ । मंगलवार हुने छलफलमा संघीय परिषद् र केन्द्रीय समितिका सदस्यहरुमा जाँचबुझ÷छानबिन गरी आवश्यक कारबाहीको प्रक्रिया आगाडि बढाउन छानबिन समिति गठन गर्ने र पार्टी विधान अधिवेशनको मस्यौदा तयार गर्न विधान मस्यौदा समिति गठन सम्बन्धमासमेत छलफल हुने समितिका सदस्य साहले जानकारी दिए ।

Comment

Related News