२०७९ पुष १९, मंगलवार ०८:५५

सप्तरीको विष्णुपुर गाउँपालिकाले विद्यालय आसपासमा मदिरा तथा सूर्तिजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।

गाउँपालिकाको निर्णय सोमवारदेखि लागु भएको छ । गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले विद्यालय आसपास खोलिएका मदिरा तथा सूर्तिजन्य पसलका कारण विद्यार्थीहरुमाथि पर्ने नकारात्मक प्रभाव र कुलतबाट जोगाउन यस्तो निर्णय गरिएको बताए । विद्यालय आसपास नै मदिरा र सूर्तिजन्य पदार्थको दर्जनौ पसल खुलेपछि सम्भावित विकृत्ति रोक्न यस्तो निर्णय गरिएको उनले बताए । विद्यालयको ३ सय मिटर वरपर कतै पनि मदिरा र सूर्तिजन्य पदार्थको बिक्री वितरण गर्न नपाइने गरी रोक लगाइएको र वेवास्ता गर्ने पसलेलाई स्थानीय सरकार संचालन ऐन अनुसार कारबाही गर्ने जनाइएको छ । विद्यालय तथा धार्मिक स्थल आसपास मदिराजन्य पदार्थ बिक्री वितरण गर्न कानूनले नै रोक लगाए पनि यसको पालना गर्न केही पसलेले अटेर गरेपछि गाउँपालिकाको बैठकबाटै त्यस्तो निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष प्रसाद मण्डलले जानकारी दिए ।

Comment

Related News