अपडेट 
२०७९ पुष १९, मंगलवार ०९:०१

सात राउण्ड गोली र पेस्तोलसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वीचम्पारण मोतिहारी–१६ का ४० वर्षीय चन्दन कुमार रहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले एउटा पेस्तोल र त्यसमा प्रयोग गरिने ७ राउण्ड गोलीसहित चन्दनलाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका कुमारलाई पचरौता नगरपालिका–४ गुलरिया सीमा नजिकै शंकास्पद अवस्थामा देखेपछि गस्तीमा खटिएको सशस्त्र प्रहरीले चेकजाँच गर्दा सो समान बरामद भएको छ । कुमारको साथमा मोडल नम्बर २०२२ आरएफआइको एउटा पेस्तोलमा तीन राउण्ड गोली लोड, एउटा म्याग्जिन र चार राउण्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक अम्बर बहादुर खत्रीले जानकारी दिए ।

त्यस्तै,११ हजार २७० भारतीय रुपैयाँ, तीन वटा भारतीय आधार कार्ड र एउटा मोवाइल सेटसमेत बरामद भएको छ । पेस्तोलसहित पक्राउ परेका कुमारलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि सोही जिल्लाको महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै पुस ८ गते मोटरसाइकलमा आएका दुई जना अज्ञात व्यक्तिले भारत घर भएका ५० वर्षीय शिवपूजनप्रसाद यादवलाई गोली हानी फरार भएका थिए ।

Comment


Related News