अपडेट 
२०७९ पुष १९, मंगलवार ०९:०७

नजकिदै गएको सरस्वती पूजाका लागि मूर्ति बनाउने स्थलदेखि मूर्तिमा प्रयोग गरिने सबै खाले सामग्रीको मूल्य चर्काे भएपछि मूर्तिकार समस्यामा परेका छन् ।

यस पल्ट माघ १२ गते मंगलवार विद्याकी देवी सरस्वतीको पूजा परेको छ । राजविराजमा मात्रै अहिले एक दर्जन स्थानमा मूर्ति कलाकारहरुले देवी सरस्वतीको माटोको मूर्ति बनाइरहेका छन् । तर मूर्ति बनाउन प्रयोग गरिएको जग्गाको भाडादेखि माटो, पराल, वाँस, काठ र रंगरोगन सबैको मूल्य आकाशिएकाले आफूहरु समस्यामा परेको मूर्तिकार बताउँछन । विभिन्न गाउँपालिकाबाट आएका मूर्तिकार अहिले सडक छेउमा रहेका विभिन्न व्यक्ति र सार्वजनिक खाली जग्गामा मूर्ति बनाउने काम गरिरहेका छन् । तर सार्वजनिक स्थल र चौरमा स्थानीय निकायले काम नगर्न ताकेता तथा व्यक्तिको नाममा रहेको निजी जग्गावालाले चर्काे भाडा माग्न थालेपछि आपूmहरुको व्यवसाय संकटमा परेको मूर्तिकार श्याम कुमार मुखियाले गुनासो गरेका छन् । विष्णुपुर गाउँपालिका ६ घर भएका उनी विगत १० दिन देखि राजविराज ७ मा एक खाली जग्गा भाडामा लिइ माटोको मूर्ति बनाउदै आएका छन् ।

राजविराजको सिरहा रोडमा अर्का मूर्तिकार देबु मण्डलले पनि चर्काे मूल्यमा खाली जग्गा भाडामा लिइ मूर्ति बनाउन शुरु गरेका छन् । उनले अहिलेसम्म ३५ वटा सरस्वती देवीका मूर्ति बनाइसकेका छन् । मूर्तिको आकार र मिहिनेत अनुसार उनले १ हजार ५ सय देखि १० हजार रुपैयासम्म मोल निर्धारण गरेका छन् । तर अर्डर भने अहिलेसम्म ३ वटा मूर्तिको मात्र आएको उनले बताए । ‘एकातिर अर्डर कम,अर्काेतिर मूर्ति बनाउन लिएको जग्गाको भाडा देखि मूर्ति बनाउन प्रयोग गरिने सबै सामग्रीको मूल्य अकाशिएको छ, उनले भने–त्यसमा बढ्दो शीतलहरले थप पीडा दिएको छ ।’ अर्का मूर्तिकार राजगढ गाउँपालिका ४ का रवि मुखियाले माटाका मूर्ति बनाएर परिवारको गुजारा चलाउदै आएकोमा चर्किएको भाडादर र अकाशिएको महंगीले समस्या पारेको बताए । ‘विभिन्न पर्व,त्योहार र पूजामा माटोको देवी देवताका मूर्ति बनाएर परिवार पाल्दै आएको छु, उनले थपे–तर अहिलेको बजारभाउले यो पेशा नै संकटमा परेको छ ।’

Comment


Related News

Latest News

Trending News