
धनुषामा राहदानी सम्बन्धी सम्पूर्ण काम रोकिएको छ । सर्भरमा समस्या उत्पन्न भएपछि राहदानी सम्बन्धी सम्पूर्ण काम रोकिएको छ ।
सोमबार जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै सर्भरमा समस्या आएकाले राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको जनाएको छ । विभागबाट सर्भर समस्या समाधानको प्रयास भइरहेकाले अर्को सूचना जारी नभएसम्म स्थगित रहने जानकारी सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय धनुषामा दैनिक ५० भन्दाबढी राहदानी सम्बन्धी काम हुने गरेको थियो ।