अपडेट 
२०७९ पुष १९, मंगलवार १९:५०

जनता समाजवादी पार्टी जसपाले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।

मंगलबार सकिएको राजनीतिक समितिको बैठकले आफूहरुको सम्मानजनक प्रतिनिधित्व भए सरकारमा सहभागी हुने नभए सरकार बाहिरै बसेर समर्थन गर्ने निर्णय गरेको हो । राजनितिक समितिमा सरकारमा जाने नजाने विषयमा सदस्यहरुको मत बाझिएको थियो । तर बहुसंख्यक सदस्यहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरेको पार्टी प्रवक्त मनिषकुमार सुमनले जानकारी दिनुभयो । बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धन सम्बन्धी वार्ताका लागि पार्टीको केन्द्रिय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको प्रवक्ता सुमनले बताउनु भयो ।

बैठकले चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति पनि गठन गरेको छ । चुनावमा पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिनेहरुलाई भने सम्बन्धित समितिले विधान अनुसार कारबाही गर्ने राजनितिक समितिले निर्णय गरेको छ । यस्तै विधान अधिवेशनका लागि विधानको मस्यौदा बनाउन अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति समेत गठन गरिएको प्रवक्ता सुमनले जानकारी दिनुभयो ।

Comment

Related News

Latest News

Trending News