अपडेट 
२०७९ पुष २०, बुधबार ०८:४८

महोत्तरी जिल्लाको औरही नगरपालिका–७ भोइलमा एक जना पुरुषको शव फेला परेको छ ।

शव ५४ वर्षीय ईन्द्रदेव झाको भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । भोइलमा रहेको ईट्टा भठ्ठा नजिकै पोखरीका डिलमा बनेको फुसको छानो नजिक उनको शव फेला परेको छ । शवको आँखा ,मुख गरी शरीरको विभिन्न भागमा चोटपटक लागेको देखिएको छ । शवलाई परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ र शव परीक्षण पछि मात्रै केही भन्न सकिने जिप्रका महोत्तरीका प्रमुख कृष्ण पंगेनीले बताए । यता स्थानीयवासीहरुले उनको हत्या गरेर फालेको हुन सक्ने आशंका गरेका छन् ।

Comment


Related News

Latest News

Trending News