अपडेट 
२०७९ पुष २०, बुधबार ०८:५१

बाराको सिमरामा भएको परिवार नियोजन बन्ध्याकरण शिविरमा एक जना महिलाको पिसाबको थैली कटेको छ ।

स्वास्थ्य कार्यालय बाराको आयोजना र सुनौलो परिवार नियोजनको सहकार्यमा सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भएको बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्दा महिलाको पिसाब थैली कटेको छ। जितपुरसिमरा उपमहानगरपालिका– .८की २६ वर्षीय अनिता धनुकाईनको पिसाब थैली काटिएको छ । परिवार नियोजन बन्ध्याकरण गर्ने क्रममा त्रुटिबस पिसाब थैली काटिन गएको चिकित्सकले बताएका छन् । उनको उपचार वीरगञ्ज स्थित गण्डक अस्पतालमा भइरहेको महिलाका श्रीमान कृष्णा महतोले बताए । शिविरमा ९२ जना महिलाको बन्ध्याकरण गरिएको थियो सो मध्ये धनुकाईनको मात्र स्वास्थ्यमा समस्या देखिएको छ । महिलाको उपचारमा लाग्ने सम्पूर्ण खर्च सुनौलो परिवार नियोजनले व्योहोर्ने जनाएको छ । अरु बन्ध्याकरण गराएका व्यक्तिहरुको अवस्था सकुशल रहेको जितपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । गत पुस १५ गते देखि १७ गतेसम्म तीन दिन सिमरामा परिवार नियोजन बन्ध्याकरण शिविर सञ्चालन भएको थियो । बाराको १६ वटै स्थानीय तहमा यो शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News