बाराको सिमरा स्थित साना किसान कृषि सहकारी संस्था सिमरामा लगाइएको ताल्चा खोलिएको छ ।
साना किसान कृषि सहकारी संस्था सिमरा शाखामा जीतपुरसिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठको रोहबरमा संस्थामा लागेको ताल्चा खोलिएको छ । संस्थामा ताल्चा लाग्दा शेयर सदस्यहरुलाई नै समस्या भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै ताल्चा खोलिएको े साना किसान कृषि सहकारी संस्थामा आवद्ध महिला सदस्यहरुले जनाएका छन् । ताल्चा खुलेपछि संस्थाको कामकाज पुनः सुचारु भएको छ । महिलाहरुले डुमरवाना संस्थामा लगाएको ताल्चा पनि खुलाउन लगाएका छन् ।साना किसान कृषि सहकारी संस्था डुमरवाना केन्द्रले आयोजना गरेको २६ औँ साधारण सभामा प्रतिवेदनमाथि छलफल नगरी सञ्चालकहरुद्वारा संस्थाबाट नियम विपरीत लिइएका सेवा भत्ता, संस्थाको नाममा तिर्नुपर्ने रकमको नोक्सानीको भार साना किसानी शेयर सदस्यमा नपार्न अनुरोध गर्दै महिलाहरुले आइतवार संस्थामा तालाबन्दी गरेका थिए । संस्थामा करिब ९ हजार शेयर सदस्यहरु रहेका छन् ।


