अपडेट 
२०७९ पुष २०, बुधबार ०९:००

तसलीमा नसरीनको जन्म २५ अगस्त १९६२ ई. मा बंगलादेशको मैमन सिंह नाउँको एउटा सानो शहरमा भएको थियो । यो ठाउँ ढ़ाकाबाट ९० कि.मि. उत्तर पर्छ । तसलीमा आफनो पन्द्र वर्षको उमेर देखिने लिखन थेलेकी थिइन र आफनो विद्यार्थी जीवन देखिनै महिला समस्याहरुमा लेख्न थालेकी थिइन । यसैकारणले बंगलादेश सरकारद्वारा उनका पुस्तकहरु “आमार मेये बेला”, “उत्तालहवा” र “सेइ सब अन्धकार” लाई प्रतिबन्ध लगाई दिएको थियो र त्यति मात्र होइन उनका अकोृ पुस्तक “द्विखण्डित” लाई पश्चिम बंगाल सरकारद्वारा पनि प्रतिबन्धित गरिएको थियो र पछि कलकत्ता हाइकोर्टद्वारा यस पुस्तकबाट प्रतिबन्ध हटाउने आदेश जारी गरेको थियो । तसलीमाले लेख्नलाइृ डाक्टरको जागिर पनि छाड़ेकी थिइन । धार्मिक कट्टताको विरोधमा उनले जमेर लेखेकी थिइन । उनले पटक–पटक यस कुरालाई रेखांकित गर्दै रहिन कि धर्म महिलालाई उपेक्षा गर्दछ । एक साक्षात्कारमा उसले भनेकी थिइन कि उनलाई रुद्रसँग प्रेम भएको थियो र उसको जोरले नै तसलीमाले उसँग कसैलाई पनि न भनीकन विहे गरेकी थिइन । तसलीमाको रुद्रसँग अनन्य प्रेम थियो । रुद्र ढ़ाकामा बसी रहेको र मैमन सिंह तसलीमा कहाँ आउ जाउ गरी रहेको थियो । तसलीमा भनेकी थिइन कि विहेपछि केही महिना पश्चात जब रुद्रसँग रात विताउदा तसलीमालाई थाहा भयो कि रुद्रलाई यौन रोग छ सिफलिस भै सकेको थियो । धेरै सोधेपछि तसलीमालाई थाहा भयो कि रुद्र वेश्याहरु कहाँ जाने गर्दछ । तसलीमाले रुद्रको इलाज पनि गराई र पछि तलाक पनि भया ।

साक्षात्कारमा तसलीमाले भनेकी थिइन कि यो मेरो लागि नीकै पीड़ा दायक घटना थियो र मलाई यसबाट ठूलो धक्का लाग्यो । यस साक्षात्कारमा तसलीमाले बा आमा बारे यसरी बयान गरीन– आमा चसिो दिमाग की महिला थिइन र उनलाई रीस उठदैन थियो । घरमा सबै थोक रहन्थ्यो तर आमा तेल, साबुन पनि प्रयोग गर्नु हुन्थिएन, त्यो लोग्नेको पैसा बचाउनलाई मात्र । बुआ घरमा अत्यन्त सीमित सामग्री ल्याउनु हुन्् थयो र त िसामानहरु सिद्धिए पछि निकै कराउनु हुन्थ्यो । तर उहाँमा एउटा रामो कुरा के थियो कि हामीहरुको पढाई लिखाइमा कन्जुसी गर्नु हुन्थएन हामीलाई दवाएर राख्नु हुन्थिएन । तर आमा इदको दिन नयाा साड़ी र ब्लाउज लगाएर बुआको अगाडी जाँदा उहाँ रिसाउनु हुन्थ्यो । आमा बुआबाट आतंकित रही रहनु हुन्थ्यो । मेरो बुआ गरीबीबाट संघर्ष गरी माथि उठनु भएको थियो, प्रतिष्ठा पाउनु भएको थियो यसैले होला अलि रुखो हुनुहुन्थ्यो । यस साक्षात्कारमा तसलीमाले भनेकी थिइन– कट्टरवादी त त्यसै बेला देखि म बाट रुख थिए जबदेखि आफनो सानो शहर मेमनसिहबाट र्सेजुती (संध्यादीय) पत्रिका म आफनो सम्पादनमा प्रकाशन गर्न थालेकी थिए । यो कविताको पत्रिका थियो । म आफना कविताहरुमा रुढीवादी प्रवृत्तिहरु माथि प्रहार गर्दै थिए । मेरो सवाल थियो कि हाम्रो धर्ममा महिलालाई यो मर्यादा किन छैन जो पुरुषलाई छ । लज्जा प्रकाशित भएपछि जब म सेजुतीमा यो प्रश्न उठाउँदा सम्पूर्ण देशमा हाइतोबा मच्यो । मानिसहरु मलाई फाँसीमा झुड्याउन धरना, प्रदर्शन र नारा लगाउन थाले ।

म माथि अनेक मुद्दाहरु लगाइयो । मलाई आफनो घरबाट निस्कनु गाह्रो भै गयो । तर म आफनो विचारमा अटल बसे वरु म अरु सबल भएर आएँ । मेरो विचार अब टाढा टाढासम्म पैmलिन थाल्यो, यो मेरो जीत थियो तर म माथि खतरा बढदै गइ रहेको थियो यो अर्को कुरा हो । तसलीमाको विचारमा जसरी मानिसहरु छोराको जन्म भयो भने टोकरीमा भरी भर िमिठाई बाड्दछन त्यसरी नै छोरकिो जन्मपछि पनि मिठाइ बाड्नु पर्छ । उनको विचारमा भार्मिक पुस्तकहरुमा महिलालाइृ भोग्या मानिएको छ, यो अनुचित हो । लज्जा उपन्यासमा लेखिका तसलीमा नसरीनले लेख्नु भएको कुरा यस्तो छ जसले गर्दा यति ठूलो भूइचालो आएको थियो । यस पुस्तकमा भारतको अयोध्यामा १९९२ ई. मा भएको बाबरी मस्जिद विध्वंशको बखत बंगलादेशमा हिन्दूहरु विरुद्ध भएको अमानवीय अत्याचारका घटनाहरुलाई यसरी प्रस्तुत गरिएको छ कि यो पुस्तक पढेर जो कोइलाई यो सोचन बाध्य हुनुपर्छ कि वास्तवमा यी घटनाहरु भएकै हो त ? बाबरी मस्जिदको ध्वंश पछि बंगलादेशमा अनेकौं मन्दिर लुटिए, विध्व.श गरिए र हिन्दुहरुको धनमालको साथै इज्जत पनि लुटिएका थिए । हिन्दुहरु बस्ने घर घरकी महिलाहरुलाई बलात्कार गर्ने, हत्या गर्ने, हिन्दुहरुलाई वेपत्ता पनि गरिएको थियो । लेखिका तसलीमाले बंगलादेको निर्माण ताका यसको संविधान मुजीबुर रहमान, जीन्ना, गाँधी, जवाहरलाल नेहरु आदि महान नेताहरको जाति र सम्प्रदाय प्रति व्यक्त विचार समेत यस पुस्तकमा चर्चा गर्नु भएको छ । बंगलादेशका एउटा हिन्दु परिवार जो बंगलादेशको जन्म भन्दा अघिदेखि नै यस देशलाई आफनो जन्मभूमिको रुपमा असीम स्नेह राख्दै आएको त्यो सुरंजनको परिवारले हिन्दु र मुसलमानलाई भेद गर्न नै जानेको थिएन । यसले कट्टरपंथीहरुको शिकार भै अन्तमा एकदिन बहिनीलाई केही गुण्डाहरुले जवरदस्ती लगेर बलात्कार गरेर हत्या समेत गरेको कारणले सुरंजनको मनमा आँधीवेरी ल्यायो र उसलाई भयो । यो देश हिन्दुहरुको लागि उपयुक्त देश होइन र हजारौ परिवार भारत पलायन गरे जस्तै सुरंजनले पनि यो देश छाड्न पनि मन बनाएर उसले पनि बंगलादेश छाडे्को छ । तर यसो गर्दा उसलाइृ असहुय पीड़ा भएको उपन्यासमा व्यक्त गरिएको छ । लेखिकाले भारतीय कट्टरपंथीहरुलाई पनि छाडे्को छैन ।

उसको विचारमा यदि आज बाबरी मस्जिदमा रामको मन्दिर थियो भन्छ भने भोली ताजमहलमा हनुमानको मन्दिर थियो भनेर उसलाई पनि भत्काउन भन्छ । लेखिकाको विचारमा यस महाद्विपमा सबै देशहरुका वासीहरुको आत्मा एउटै छ । उनीहरुको इतिहास र भविष्य साझा छ । यसैले यो सबैलाई थाहा हुनुपर्छ कि एक गाउँको कुनै घटनाको असर अर्को ठाउँमा त्यतिकै प्रभावकारी रुपमा पर्दछ । त्यसैले सबैले मायाको भाषा बोल्नुपर्छ घृणाको विषालु भाषा होइन । यसरी लेखिकाले आफनो धारणा व्यक्त गर्नु भएको छ । आफना पुस्तकहरु तसलीमा व्यक्त गरेको विचारहरुको लागि युनेस्को, फ्रान्स, स्वीडेन, जर्मनीको अनेको महत्वपूर्ण सम्मानहरुको साथै तसलीमालाई फ्रीडम फ्रोम रेलिजन फाउण्डेशनको “फ्री थौट हिरोइन” पुरस्कार पनि प्रदान गरिएको थियो । लज्जा उपन्यासको प्रकाशन पछि बंगलादेशमा भयंकर विरोध भएको कुरा थाहा हुन्छ । न्यूयोर्कबाट प्रकाशित टाइम– साप्ताहिक न्यूज मैगेजिनको ३१ जनवरी १९९४ को अंकमा यसको विवरण छापिएको थियो जो यस प्रकार छ– यसको विरोध गर्ने मानिसहरुको हुलले यस्तो भनि रहेको आफ् नो घरमा कैदी जीवन विताउने लेखिकाको कानमा प¥यो” यसको खुट्टा भाँची देउ, खुट्टा भाँचीदेउ । काउन्सील अफ सोल्जर्स अफ इस्लामद्वारा पन्द्र दिनभित्र नसरीनलाई फाँसी देउ भनेर पनि नारा लगाइएको थियो । दशौ हजार मानिसहरु ढ़ाका र सिलहट नगरमा लेखिकाको पुतला दहनको साथै फाँसी दिन समेत नारा लगाएका थिए । प्रधानमन्त्री खालिदा जियाको सरकारले प्रहरी सुरक्षाको व्यवस्था गरेको थियो । लज्जा उपन्यासका पचासहजार प्रति जिया सरकारद्वारा प्रतिबन्ध लगाउनु भन्दा पूर्व नै विक्री भै सकेको थियो । नसरीनको पासपोर्ट पनि जव्द गरीएको थियो । तसलीमाले आफ् नो एककविता “वेर्डिङ्ग मा लेखेकी थिइन कि मेरो जीवन एक राक्षसी प्रवृतिको मानिसको अधिन छ र त्यो मान्छे मेरो शरीर माथि अधिकार जमाउन चाहन्छ जुन बखत उसको इच्छा हुन्छ आकाँक्षा हुन्छ ।

अंग्रेजी अखवार स्टेट्समैनमा तसलीमाले दिएको आफ्नो स्पष्टिकरणमा भनेकी थिइन कि म कुरान पुनर लेखनको कुरा गरी रहेको छैन वरु मेरो विचारमा यति मात्र हो कि आजको समस्याहरुको सामना हजारौ वर्ष अघि लेखिएका धर्मग्रन्थहरले सम्भव छैन । ज्यानको खतराबाट वचन आफ्नो देश भन्दा बाहिर अन्य देशहरुमा बस्दा तसलीमालाई बृद्ध आमा बुबाको मृत्यु बखत पनि आफ्नो देश जान दिइएको थिएन । टाइम्स अफ इण्डियाको २१ अफ्रिल २००२ को अंकमा एउटा लेखमा तसलीमाले मेरो विचारमा कट्टरवादीहरुले आफनो विचारमा परिवर्तन छाँट छैन र म आफनो व्यक्त गरेको विचारको लागि क्षमा माग्न विल्कुलै तैयार छेन किनकि म आफना स्वतन्त्र अभिव्यक्तिको अधिकार राखेको छु र त्यो अधिकार मेरो जीवन भन्दा अघिक प्रिय छ । म आफ्नो लेखन प्रति प्रतिवद्ध छु किनकि मेरो यो प्रतिवद्धता त्यस्ता सबै पीडि़त प्रताडि़त महिलाहरुको पक्षमा छ जो मेरो देश अथवा विश्वका अन्य देशहरुमा बसेकी छिन । म आफनो प्रवासकालमा म पटक–पटक भारत गएको हुँ र कलकतामा बस्दा मलाई आफनो घर फर्केको जस्तो भान भएको नसरीनले विचार व्यक्त गर्नु भएको थियो ।

Comment

Related News

Latest News

Trending News