अपडेट 
२०७९ पुष २०, बुधबार १३:५१

धनुषामा वेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर–१ मा स्थानीय मनोज यादवको खेतको पूर्व डिलमा रुखमुनि एक भारतीय नागरिकको शव फेला परेको हो । बेबारिसे अबस्थामा फेला परेको करिब ५५ वर्षीया महिलाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए । मृतक महिलाको झोलामा खोजबिन गर्दा सानो चिटमा भारतीय नम्बर फेला परेको र सो नम्बरमा फोन गर्दा भारतको मुज्जफरपुर बस्ने महिला रहेको बुझिएको प्रवक्ता क्षेत्रीले बताए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News