अपडेट 
२०७९ पुष २०, बुधबार १६:११

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत दिन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भेटवार्तामा आफूलाई विश्वासको मत दिन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिने तयारी गरेको छ ।

Comment

Related News

Latest News

Trending News