अपडेट 
२०७९ पुष २१, बिहीबार ०७:३९

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४का ई रिक्सा चालक केदार प्रसाद तिमल्सिना सामाजिक कार्य गरेर गरिब विपन्नहरुको लागि सहारा बनेका छन् ।

दैविक प्रकोप विपद् परेको बेला , चिसोको मौसममा आफ्नोतर्फबाट प्रत्येक वर्ष गरिब असहाय परिवारलाई सहयोग गर्दै आएका तिमल्सिना अहिले बढ्दै गएको चिसोको बेलामा न्यानो कपड़ा बाँडेर सबैका समाजमा उदाहरण बन्न सफल भएका छन् । जिल्लाको उत्तरी भेगको दर्जनौ गरिब वस्तीमा पुगेर तिमल्सिनाले गरिब परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । उनले गरिबको पीड़ा सह्न नसकिने भएकोले आफूले मेहनत गरेर सहयोग गर्ने गरेको बताए । बाढीÞको बेलामा राहत सामग्री दिने गरेका तिमल्सिनाले आफै गरिब भए पनि मनले ठूलो धनी भएको पुष्टि गरेका छन् । तिमल्सिना चिसोको मौसममा गरिब परिवारलाई सहयोग गर्नका लागि न्यानो कपड़ा व्यवस्थापन र वितरण गर्दै आएका छन् ।

चन्द्रपुर नगरपालिका–९मा रहेको दलित वस्तीमा पुगेर तिमल्सिनाले ८० परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । यस अघि उनले वडा नम्बर ८ मा न्यानो लुगा वितरण गरेको बताए ।

Comment

Related News

Latest News

Trending News