अपडेट 
२०७९ पुष २१, बिहीबार ०७:५१

जिल्ला सहकारी संघ लिमिटेड बारा कलैयाको अध्यक्ष नेपाली काँग्रेस मधेश प्रदेशका सदस्य तथा सहकारी अभियन्ता उपेन्द्र जयसवाल संचालक समितिको अध्यक्षमा चयन भएका छन् ।

सहकारीकर्मीहरुको एक भेलाले जयसवाललाई सर्वसम्मतले अध्यक्ष चयन गरेको छ । त्यसै गरी संचालक समितिको उपाध्यक्षमा सतेन्द्र ठाकुर, सचिवमा मिश्रीलाल सहनी र कोषाध्यक्षमा नयनकला खडका निर्वाचित भएका छन् । त्यस्तै समितिका सदस्यहरुमा सिकेन्द्र पासवान, विजय कुमार स्वर्णकार, मुकुन्द बहादुर क्षेत्री, संजला खातुन, अस्तुनदेवी चौधरी, बिन्दा सिंह, रामाधार ठाकुर निर्वाचित भएका छन् । राष्ट्रिय महासंघको केन्द्रीय प्रतिनिधिका लागि सदस्य विजय स्वर्णकारलाई पठाउने निर्णय समेत गरिएको छ ।

जिल्ला सहकारी संघलाई अद्यावधिक गर्ने निर्णय गरिएको छ । यसैबीच नव निर्वाचित अध्यक्ष जयसवाललाई महागढीमाई नगरपालिकामा मेयर उपेन्द्र यादव, र जनजागरण युवा क्लवका अध्यक्ष भैयाराम यादवले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News